काठमाडौँ — नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकारमा सहभागी नहुने, तर दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।सहमहामन्त्री महेन्द्र यादवले बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको जानकारी दिए । ‘अहिले हामीले वर्तमान संविधानको रक्षाका लागि यो सरकारलाई विश्वासको मत दिने निर्णय गरेका छौँ,’ उनले भने ।सरकारलाई कांग्रेसले पनि विश्वासको मत दिँदा प्रतिनिधिसभा प्रमुख प्रतिपक्षविहीन हुनेछ । सभापति देउवासहितका शीर्ष नेताहरू भविष्यमै सत्ता पुनरागमनको सम्भावना जीवित राख्न प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनुपर्ने पक्षमा उभिएका हुन् । उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका अधिकांश नेता प्रतिपक्षमा बस्नुपर्ने अडानमा थिए ।
सरकारलाई विश्वासको मत दिने कांग्रेसको निर्णय
सरकारलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

Advertisement