• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

गठबन्धन हाइज्याक भएपछि करेक्शन गर्न कांग्रेसले विश्वासको मत दियो : रामचन्द्र पौडेल

  •   मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलेले संविधान जोगाउन बनेको गठबन्धन हाइज्याक भएपछि करेक्शन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेसले विश्वासको मत दिएको बताएका छन् ।

Advertisement

मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै दुई वर्ष अघि संविधान जोगाउनको बनेको पाँच दलीय गठबन्धन हाइज्याक भएपछि कोर्स करेक्शनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेसले विश्वासको मत दिएको बताएका हुन् ।

उनले भने, ‘ गठबन्धन हाइज्याक भएको थियो । त्यसलाई करेक्शन गर्ने उदेश्यले पनि मतदान गरेर संविधान बचाएर मुलुकको संकटलाई टार्ने एउटा प्रयास गरेका छौं।’

उनले संविधानमाथि आइपरेको खतरा बचाउनका लागि समर्थन गरेको बताए । उनले राष्ट्रिय परिस्थिति पेचिलो बन्दै गएकाले आर्थिक ,सामाजिक र राजनीतिक सबै परिस्थिति एक ठाउँ आउनुको विकल्प नभएकाले पनि यो बेलामा नेपालका सबै शक्तिहरु एक ठाउँमा उभिएर राष्ट्रिय सहमति र राष्ट्रिय एकता कायम गर्न आवश्यक भएको बताए ।

उनले भने, ‘मैले केही दिन अगाडि एउटा कार्यक्रममा भनेको थिए । अहिलेको राष्ट्रिय परिस्थिति पेचिलो बन्दै गएको छ । आर्थिक ,सामाजिक र राजनीतिक सबै परिस्थिति एक ठाउँ आइरहेका छन् । यो बेलामा नेपालका सबै शक्तिहरु एक ठाउँमा उभिनुपर्छ । राष्ट्रिय सहमति र राष्ट्रिय एकता कायम हुनुपर्छ भनेर मैले भनेको थिए । आज त्यही अनुसार सबै राष्ट्रिय पार्टीहरु र शक्तिहरु मिलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुभएको छ । यो एउटा ऐतिहासिक घटना हो ।’

उनले कांग्रेसले कुनै पनि संवैधानिक भाग लिनको लागि भन्दा पनि संविधानमाथि आइपरेका खतरालाई हृदयंगम गरेर संविधान बचाउनका लागि मतदान गरेको बताए । उनले बदलिएको राजनीतिक घटनाक्रमले राष्ट्रिय दलहरूबीच एकता र सहकार्य खोजेकाले सबैजना एक ठाउँमा उभिएको पनि बताए ।

‘कांग्रेसले राष्ट्र,व्यवस्थालाई हेरेर संविधान बचाउनको लागि संविधानमा आइपरेका विभिन्न खतराहरुलाई समेत हृदयंगम गरेर ७० वर्षसम्म लडेर ल्याएको संविधान बचाउनको लागि कांग्रेसले प्रचण्डलाई विश्वासको मत दियौं ।’ उनले भने, ‘संविधान बचाउनको लागि पाँच दलको गठबन्धन भएको थियो । यसले देश जनताको भलो गर्छ । राजनीतिक पार्टीहरु एक ठाउँमा छन् । एउटै विचार हुने पार्टीहरु एक ठाउँमा हुँदै जान्छन् ।’

अहिले सबै राजनीतिक पार्टी एक ठाउँमा भएकाले एउटै विचार हुने पार्टीहरु एक ठाउँमा हुँदै जाने समेत उनको भनाइ छ । उनले कांग्रेसले व्यवस्था जोगाउनको लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिएकाले अब व्यवस्था जोगिने विश्वास रहेको बताए ।

‘कांग्रेसले कुनै पदको लागि पक्षमा मतदान गरेको होइन । पदको विषयमा भएको भए ओलीले संसद विगठन गरेको बेला दौडेर निवर्तनमा जाने थिए । त्यो बेला व्यवस्थाको लागि गरेको हो । मलाई सत्ता भन्दा पनि व्यवस्थाको चिन्ता छ । कांग्रेसले व्यवस्था जोगाउनको लागि गरेको अब व्यवस्था जोगिने विश्वास रहेको छ ।’

मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.