१६ फागुन, जनकपुरधाम ।
Advertisement
नेपाल आयल निगमको ट्यांकर चोरी गरी डिजेल बेचेको आरोपमा पक्राउ परेका मध्ये १ जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।
जेल चलान हुनेमा सप्तरी कञ्चनरुप न.पा. वडा नं.९ बस्ने २९ वर्षीय नबराज भुजेल छन् ।
ट्यांकर चालक सोही स्थानका ४५ वर्षीय विनोदकुमार भुजेल र चोरीको डिजल किन्ने सप्तरीको खडक न.पा.वडा नं.७ स्थाई घर भएका भण्डार आयल स्टोरका सञ्चालक ३५ वर्षीय श्यामकुमार साह धरौटीमा छुटेका छन् ।
भुजेल १ लाख र साह ५० हजार रुपैयाँ धरौटीमा छुटेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा डीएसपी रामनरेश सिंहले जानकारी दिए ।
तपाईको प्रतिक्रिया