• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शनिबार, असोज ११, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

अप्रिल १ देखि विदेशी पर्यटकहरूलाई विना गाइड पदयात्रामा जान प्रतिबन्ध

  •   शुक्रबार, फागुन १९, २०७९ मा प्रकाशित

फागुन १९, काठमाण्डाै

Advertisement

सरकारले विदेशी पर्यटकहरूलाई विना गाइड पदयात्रामा जान प्रतिबन्ध लगाएको छ । यसअघि पर्यटकहरू एक्लै पनि पदयात्रामा जान पाउने व्यवस्था रहेकोमा पर्यटकहरूको सुरक्षालाई ध्यान दिएर विना गाइड पदयात्रामा जान नपाउने व्यवस्था गरेको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो । यो नियम आउँदो अप्रिल १ देखि लागू हुने छ ।

यो समय हिमाली क्षेत्रमा पदयात्राका लागि उपयुक्त समय हो । पर्यटन व्यवसाय सामान्य रहेको अवस्था अर्थात् कोरोना महामारीअघि सन् २०१९ मा झन्डै ५१ हजार पर्यटक विना गाइड पदयात्रामा जानका लागि नेपाल आएका पर्यटन बोर्डको तथ्याङ्क छ । उनीहरू नेपाल पर्यटन बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड बिक्रीको अनुमति पाएका निकायबाट टिम्स कार्ड लिएर एक्लै भ्रमणमा गएका थिए । यस्ता पर्यटकहरू दुर्घटनामा पर्दा उद्धारमा समस्या हुनुका साथै लुटपाटलगायतका समस्या पनि देखिन थालेकाले सुरक्षा, उद्धार र व्यवस्थापनलाई ध्यान दिएर यस्तो व्यवस्था गरेको निर्देशक लामिछानेले बताउनुभयो ।

अब पर्यटकहरू कम्पनीमार्फत नेपाल आएर गाइडका साथमा मात्रै पदयात्रामा जान पाउनेछन् । बोर्डले विना गाइड घुम्ने पर्यटकहरूका लागि जारी हुने टिम्स कार्ड बन्द गरेसँगै अब सबै पर्यटकलाई एकै प्रकारको टिम्स कार्ड वितरण गर्नेछ ।

पर्यटन व्यवसायी तथा मजदुरहरूले लामो समयदेखि विना गाइड पदयात्रा गर्न पाउने व्यवस्था खारेज गर्न माग गर्दै आएका थिए । पर्यटन व्यवसायी कामी शेर्पाले विना गाइड पर्यटक पदयात्रामा जान पाउने व्यवस्था खारेज हुँदा पर्यटकको सुरक्षा र नेपाली गाइडहरूको रोजगारी दुवै बढ्ने बताउनुभयो ।

शुक्रबार, फागुन १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.