• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

नेपालका कप्तान रोहित र यूएईका मुस्तफाबीच मैदानमै के भएको थियो ?

  •   आइतबार, फागुन २८, २०७९ मा प्रकाशित

२८ फागुन, काठमाडौं
आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अन्तिम शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले यूएईलाई १७७ रनले पराजित गरेसँगै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता अर्को चार वर्षका लागि कायम राखेको छ ।
नेपालले टस जितेर पहिला ब्याटिङको निर्णय गरेको थियो । खराब सुरुवात गरेको नेपालले ८ ओभरभित्रै तीन विकेट गुमाइसकेको थियो । नेपाली ब्याटरहरू मैदानमा क्रिजमा रनका लागि संघर्ष गरिरहँदा १५औं ओभरमा नेपाली कप्तान रोहितकुमार पौडेल र यूएईका सिनियर खेलाडी रोहन मुस्तफाबीच भनाभन भयो ।
आर्यन लाक्राले फालेको १५ औं ओभरको अन्तिम बलमा यूएईले कट विहाइन्डको अपील गरे पनि अम्पायरले आउट दिएनन् । त्यसपछि प्वाइन्ट क्षेत्रमा रहेका मुस्तफाले रोहित भएतिर आउँदै केही भने । लगत्तै रोहितले आक्रोशित हुँदै त्यसको जवाफ दिए ।
अम्पायर र यूएईकै खेलाडीले दुवै खेलाडीलाई शान्त बनाइरहेका थिए । खेलपछिको पत्रकार सम्मेलनमा कप्तान रोहितले मुस्तफासँगको त्यो भनाभनबारे वास्तविक कुरा बताए ।
१४.६ ओभरमा आर्यन लाक्राको बलमा रोहित आउट हुनबाट मुस्किलले जोगिएका हुन् । बल उनको ब्याटमा लागेर प्याडमा ठोक्किँदै यूएईका विकेटकिपरको हातमा पुगेको थियो । जतिबेला नेपालले ३ विकेट गुमाएर ४० रन बनाएको थियो भने रोहित व्यक्तिगत १२ रनमा खेलिरहेका थिए ।
‘बल मेरो ब्याटमा लागेर प्याडमा लागेको थियो । मैले अम्पायरलाई त्यही भनेको थिएँ । तर, उनले आएर अम्पायरलाई त्यसरी भन्नुपर्दैन भने । हिट अफ द मोमेन्टमा अलिकति नोकझोँक भयो । त्यो पनि हो,’ रोहितले पत्रकार सम्मेलनमा भने ।
यूएईका खेलाडीले नेपाली खेलाडीहरुलाई उक्साउने प्रयास गर्दा नेपालले यूएईको हरेक विकेट र जितपछि पनि विशेष उत्सव मनाएको रोहितले स्वीकारे ।
नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएई ७१ रनमै अलआउट भएपछि नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै धेरै १७७ रनको जित हासिल गरेको हो ।
नेपालको जितमा ब्याटिङतर्फ कप्तान रोहितले ७७ रनको संयमित अर्धशतकीय पारी खेले भने बलिङतर्फ ललित राजवंशीले करिअरकै उत्कृष्ट बलिङसहित ५ विकेट लिए ।

Advertisement

आइतबार, फागुन २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.