२ चैत, काठमाडौं
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन परिवर्तन गरेकामा ब्यंग्यात्मक टिप्पणी गरेका छन् ।
बिहीबार फोकस नेपालले आयोजना गरेको कार्यक्रममा उनले सरकार गठन गर्ने र कसरी टिकाउने भन्ने कुरा मात्रै दलहरुको प्राथमिकतामा परेको बताए ।
सरकार स्थिर हुन सकेको छैन । विगतदेखिको अनुभव यस्तै छ । सरकार गठन गर्ने र कसरी टिकाउने भन्ने क्रियात्मक श्रृङ्खला प्राथमिकतामा परेको छ । ‘वल्लो घरको नरे पल्लो घर सरे’ भन्ने नेपाली उखान चरितार्थ हुँदैछ’ उनले भने ।
१० पुसमा नेकपा एमालेसँग मिलेर प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसलाई साथ दिएका दिएका थिए ।
मन्त्रिपरिषदका पूर्वअध्यक्ष रेग्मीले कानूनी सुधार, भौतिक पूर्वाधारमा सुधार अनि शिक्षण सिकाइमा सुधार गरेमा नेपालको विद्यालय शिक्षा अगाडि बढाउन सकिने बताए ।
खिलराज रेग्मीको टिप्पणी : वल्लो घरको नरे पल्लो घर सरे
खिलराज रेग्मीको टिप्पणी : वल्लो घरको नरे पल्लो घर सरे

Advertisement