• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

शान्ति प्रक्रियालाई टुङ्गाेमा पुर्‍याउनुपर्ने : महामन्त्री थापा

  •   मङ्गलबार, चैत ०७, २०७९ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो भन्दा छिटो टुङ्गोमा पुर्‍याउनुपर्ने बताउनुभएको छ । महामन्त्री थापाले भविष्यमा यसले थप जटिलता निम्त्याउने उल्लेख गर्दै तत्काल शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पुर्‍याउनुपर्ने बताउनुभएको हो ।

Advertisement

मङ्गलवार काठमाण्डाैमा आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पुर्‍याउन ढिलासुस्ती गरे वा पीडितको भावनामाथि चोट पुर्‍याउने काम गरे त्यो कसैलाई पनि मान्य नहुने चेतावनी दिनुभयो । महामन्त्री थापाले तत्कालको नाफाघाटाभन्दा बाहिर निस्केर शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पुर्‍याउन सबै राजनीतिक दललाई आग्रहसमेत गर्नुभयो । शान्ति प्रक्रियालाई पूर्णता दिँदा पीडितको भावनामाथि चोट पुर्‍याउने र अन्तर्राष्ट्रिय मूल्य, मान्यता विपरीत जान नहुने उहाँको भनाइ थियो ।

महामन्त्री थापाले राजनीतिक दलहरूलाई यो वा त्यो बहानामा शान्ति प्रक्रियाको कामलाई टुङ्गोमा पुर्‍याउने कामबाट भाग्ने छुट नभएको पनि पटक–पटक दोहोर्‍याउनुभयो । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने कामको नेतृत्व कांग्रेसले नै लिनुपर्ने पनि उहाँले बताउनुभयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्ग्याउने मुख्य जिम्मेवारी हाम्रो हो । हामी सबैले दलीय सङ्र्कीणता वा तत्कालको नाफाघाटाभन्दा बाहिर निस्केर यो विषयलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्दछ । हामीसँग अब समयको सुविधा छैन । हामीले यसलाई यो वा त्यो बहानामा लम्ब्यायौँ भने अझ जटिल बन्दै जान्छ । सङ्क्रमणकालीन न्यायको विषयलाई टुङ्ग्याउँदै गर्दा हामीले द्वन्द्वबाट पीडित भएकाहरूको भावनालाई सम्मान गर्न सकेनौँ, टुङ्ग्याउनुपर्छ भन्ने नाममा जबरजस्ती उनीहरूले भारी बोक्नैपर्छ भन्नेतिर लाग्यौँ भने पनि हामी अप्ठेराेमै पर्छाैँ । हामीले यसमा पनि ध्यान दिनुपर्नेछ ।’

कार्यक्रममा बाेल्दै महामन्त्री थापाले तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्व सरकारले लिएको आर्थिक नीतिकै कारण देश आजसम्म टिकेको दाबीसमेत गर्नुभयो । उहाँले कोइरालाले लिएको आर्थिक नीतिबाटै देश टिके पनि उहाँमाथि त्यसको जस नदिएर अन्याय गरेको उहाँको बुझाइ थियो । महामन्त्री थापाले नागरिकलाई आशावादी बनाउने गरी काम गर्न सरकारलाई सचेत गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले गिरिजाप्रसाद कोइरालाले लिएको आर्थिक नीतिलाई अन्डरस्टिमेट गर्ने गरेका छौँ । यो उहाँमाथिको अन्याय हो । आज नेपालको इकोनोमी केही कारणले टिकेको छ भने त्यो २०४८ सालदेखि २०५१ साल त्यही तीन वर्षको गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको सरकारले लिएको आर्थिक नीति, निर्णयको प्रभावले हाे ।’

मङ्गलबार, चैत ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.