• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

चितवनमा प्रथम बागमती प्रदेशस्तरीय कराँते प्रशिक्षक प्रशिक्षण सुरु

  •   मङ्गलबार, चैत ०७, २०७९ मा प्रकाशित

प्रथम बागमती प्रदेशस्तरीय कराँते प्रशिक्षक प्रशिक्षण चितवनमा सुरु भएको छ ।

Advertisement

१३ जिल्लाको सहभागिता रहेको प्रशिक्षण कार्यक्रम बागमती प्रदेश सरकारको समन्वय र नेपाल कराँते महासंघ तथा चितवन जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा आजबाट भरतपुरमा सुरु भएको हो ।

प्रशिक्षणको उद्घाटन गर्देबागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले खेलकुदलाई संस्थागत गर्न जरुरी रहेको भन्दै यसलाई व्यवस्थित गर्नुपर्ने बताएकी छन् । मन्त्री मोक्तानले खेलकुदका विज्ञहरुसँग छलफल गर्दै खेल क्षेत्रलाई व्यवस्थित बनाएर लैजाने बताइन् ।

खेल क्षेत्रमा आफ्ना गुरुलाई सधैँ सम्मान गरिने भए पनि अन्य क्षेत्रमा त्यस्तो नहुने गरेको उल्लेख गर्दै मन्त्री मोक्तानले खेलकुदको क्षेत्रबाट सबैले सिक्नुपर्ने बताइन् । बागमती प्रदेशभित्र सूचीकृत भएको खेललाई संस्थागत विकास गर्नका लागि आफू प्रतिबद्ध रहेको उनको भनाइ छ । समाज परिवर्तन गर्न तथा समाजका विकृति अन्त्य गर्नका लागि खेलाडीहरु अगाडि बढ्नुपर्ने मन्त्री मोक्तानले बताइन् ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ईश्वर सापकोटा सुमनले समाजको सामाजिक न्याय, समृद्ध समाज निर्माणका साथै समाजलाई अनुशासन बनाउनका लागि खेलकुद आवश्यक रहेको बताए । विद्यालय तहमा स्टाफ नर्स कार्यक्रम लागू गरिएजस्तै खेलाडी प्रशिक्षकको व्यवस्था पनि हुनुपर्ने उनको भनाइ छ । कराँतेका प्रशिक्षकहरुले प्रशिक्षण लिएपश्चात समाजमा गएर रचनात्मक तरिकाले प्रशिक्षण दिनुपर्ने उनले बताए ।

कराँते प्रशिक्षक प्रशिक्षण उद्घाटनका क्रममा राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव एवम् नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामाले कराँते खेलाडीहरुलाई समाजले हेर्ने नजर परिवर्तन हुनेगरी खेलाडीहरु अघि बढ्नुपर्ने बताए ।

समाजमा कराँतेका खेलाडीहरुलाई देख्ने बित्तिकै गुण्डा तथा डनको दृष्टिले हेर्ने गरिएको भन्दै लामाले यस्तो दृष्टिकोण परिवर्तन गराउन खेलाडीहरुले सामाजिक न्यायका लागि काम गर्नुपर्नेमा जोड दिए । खेलाडीहरुले आत्मरक्षासँगै समाजमा हुने हिंसा, अन्याय, भ्रष्टाचारका विरुद्ध आवाज उठाउँदै अघि बढ्नुपर्ने लामाको भनाइ छ ।

बागमती प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव सूर्यलाल भण्डारीले बागमती प्रदेश सरकारले कानुनमा उल्लेख गरेर प्रदेशभित्र खेलिने खेलमध्ये कराँतेसहितका नौ वटा खेललाई विशेष महत्व दिएको बताए । कराँतेको माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा समेत खेलाडीहरुले पदक जित्न सक्ने भन्दै लामो समयको प्रशिक्षण र लगाबका कारण खेलाडीहरुले उत्कृष्ट स्थान हासिल गर्नसक्ने भण्डारीले बताए । भण्डारीले प्रशिक्षक प्रशिक्षण राखिनुको मुख्य उद्देश्य प्रदेशका प्रत्येक विद्यालयमा कराँतेका एक जना गुरु हुनुपर्छ भन्ने रहेको बताए ।

स्थानीय आयोजकको रुपमा रहेको चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष उत्तम गुरुङले प्रशिक्षक प्रशिक्षणमा प्रदेशका १३ वटै जिल्लाबाट सहभागी रहेको जानकारी दिए । जिल्लाका विद्यालयमा कराँतेको प्रशिक्षण गराउँदै आएका तथा ब्ल्याक बेल्ट प्राप्त २५० भन्दा बढी गुरुहरु तालिममा सहभागी रहेको गुरुङको भनाइ छ । प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरुलाई एक हप्तासम्म आवासीय रुपमा राखेर कराँतेका सैद्धान्तिक तथा व्यवहारिक ज्ञानहरु प्रदान गरिने गुरुङले जानकारी दिए ।

बागमती प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव सूर्यलाल भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामजी ढकालले गरेका थिए ।

मङ्गलबार, चैत ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.