• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

मन्त्री बनाउनका लागि रकम असुली गरेको पुष्टि गरेको देखाउन रास्वपाका सांसद झाकाे चुनाैती

  •   सोमबार, चैत २७, २०७९ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले मन्त्री बनाउनका लागि पार्टी नेतृत्वले रकम लिने गरेको भन्ने भनाइप्रति विश्वास गर्न नसकिने बताउनुभएको छ । पार्टीका सभापति रवि लामिछानेले करोडौँ रुपैयाँ लिएर मन्त्री बनाउने गरेको चर्चा भइरहेका बेला सांसद झाले त्याे भनाइलाई आफूले विश्वास गर्न नसक्ने बताउनुभएको हो ।

Advertisement

सोमवार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले पार्टी सभापति लामिछानेले मन्त्री बनाउनका लागि रकम असुली गरेको पुष्टि गरेको देखाउन पनि चुनाैती दिनुभयो । नेपाली कांग्रेसमा आबद्धहरूले सामाजिक सञ्जाल ट्विटरमा पार्टी नेतृत्वले शिक्षामन्त्री बनाउनका लागि आठ करोड रुपैयाँ लिएको भनेर लेखेको आफूले पनि देखेको उल्लेख गर्दै सांसद झाले पुष्टि गरेको देखाउनुपर्ने बताउनुभयो । उहाँले पार्टी नेतृत्वले पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठसँग मन्त्री बनाउनका लागि साढे दुई करोड रुपैयाँ मागेको भन्ने कुरा पनि सत्य नभएको जिकिर गर्नुभयो ।

मन्त्री बनाउनका लागि पार्टी नेतृत्वलाई दुई करोड रुपैयाँ दिनुपर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो आइतवार (हिजो) सार्वजनिक भएपछि पार्टीका सांसद श्रेष्ठ निलम्बित हुनुभएकाे छ । सांसद झाले भने पार्टी नेतृत्वबाट त्यस्तो काम नभएको बरु आरोप लगाउने कांग्रेस पार्टीभित्र भने त्यस्तो हुने गरेको प्रमाण आफूहरूसँग रहेको दाबी गर्दै दोषीलाई कारबाही गरेर देखाउन पनि कांग्रेस नेतृत्वलाई चुनौती दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मन्त्री बनाउन पार्टी नेतृत्वले साढे दुई करोड रुपैयाँ मागेको थियो भन्ने कुरामा विश्वास गर्दिनँ । मैले पनि ट्विटरमा केही कांग्रेसीजनले शिक्षामन्त्री बन्नलाई आठ कराेड रुपैयाँ माग्याे भनेर लेखेकाे देखेँ । त्यसमा म विश्वास गर्दिनँ । पैसा मागेकाे प्रमाण पेस गर्न म चुनाैती दिन चाहन्छु ।’

सांसद झाले विवादमा परेपछि निलम्बनमा परेका सांसद श्रेष्ठसँग पार्टीले सम्बन्धविच्छेद गरेको पनि स्पष्ट पार्नुभयो । छानबिनका लागि पार्टीका सदस्यहरूलाई प्रभाव पार्न सक्ने भन्दै आफूहरूले निलम्बित सांसद श्रेष्ठसँग सम्बन्धविच्छेद गरेर छानबिनकाे प्रक्रियालाई अघि बढाउनुपरेको उहाँले बताउनुभयाे । आरोप पुष्टि भए निलम्बित सांसद श्रेष्ठमाथि कारबाही हुने पनि उहाँले स्पष्ट पार्नुभयो ।’

सांसद झाले निलम्बित सांसद श्रेष्ठलाई जोगाएर आफूहरूले मतदाताको मतमाथि विश्वासघात नगर्ने पनि पटक–पटक दोहोर्‍याउनुभयाे । व्यवसायी प्रसाईंसँगको अडियो प्रकरण सार्वजनिक भएलगत्तै आइतवार (हिजो) सांसद श्रेष्ठलाई निलम्बन गरी ७२ घण्टाभित्र छानबिन गरी आरोप पुष्टि भए कारबाही गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ ।

सोमबार, चैत २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.