• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बिहिबार, फागुन २१, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

डढेलोका कारण वायु प्रदूषण बढ्दो

  •   बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित

पछिल्लो केही दिन यतादेखि डढेलोका कारण काठमाडाँै उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण उच्च हुन थालेको छ । डढेलोका कारण उपत्यकाको वायुमण्डलमा दूषित हावा थुप्रिएको वन तथा वातावरण विभागले जनाएको छ ।

Advertisement

पश्चिमी क्षेत्रबाट प्रदूषित हावा उपत्यका आउँदा यहाँको मौसम खासै खुल्न सकेको छैन । विभागका महानिर्देशक शिवलाल तिवारीले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा बारा, पर्सा, चितवनलगायत देशभरका एक सय ४० स्थानमा लागेको डढेलोका कारण काठमाडाँै उपत्यकासहित देशको मध्य तथा पूर्वी भागमा वायुको प्रदूषण अत्यधिक बढेको पाइएको छ । प्रदूषण बिहान र बेलुकी अत्यधिक बढेको छ ।

विज्ञप्तिमा वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वासका बिरामी र मुटुका बिरामीलाई असर गर्ने भएकाले काम नपरेसम्म घरबाट बाहिर ननिस्कन, निस्कनै परे मास्क तथा चश्मा लगाउन र सावधानी अपनाउन आग्रह गरिएको छ ।
अहिले बुटवल, ललितपुरको पाटन, भक्तपुर, मध्यपुर थिमि, काठमाडाँैको रत्नपार्क, कीर्तिपुर र हेटौँडाको हावा निकै अस्वस्थकर रहेको मौसमविद्हरूले जनाएका छन् । वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्युआई)का अनुसार यी क्षेत्रमा वायुको गुणस्तरले जोखिमीको तह नाघेको छ ।

शून्यदेखि ५० सम्मको मापनलाई सामान्य अवस्था मानिन्छ तर बुटवलमा दुई सय ९२, पाटनमा दुई सय ३२, भक्तपुरमा दुई सय २२, कीर्तिपुरमा एक सय ९१, मध्यपुर थिमिमा एक सय ८७, रत्नपार्कमा एक सय ८६ र हेटौँडामा एक सय ७४ छ । वायुको गुणस्तरको मात्रा एक सय ५१ देखि दुई सयसम्म पुगे मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यो मात्रा १०१ देखि एक सय ५० सम्म पुगे ज्येष्ठ नागरिक र बालबालिकालाई खोकी लाग्ने र श्वास फेर्न गाह्रो हुने बताइएको छ ।

यसैगरी डढेलो अझै लागिरहे प्रदूषण अझै बढ्ने भएकाले डढेलो नियन्त्रणका लागि ध्यान दिन उक्त विभागले सबैमा आग्रह पनि गरेको छ ।
(रासस)

बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.