दाङको तुलसीपुरमा आगोको जलेर एक जनाको ज्यान गएको छ ।
Advertisement
तुलसीपुर उपमहानगरपालिका–३ साततलेका ५८ वर्षीय बलिराज ऐरीको आगाेले जलेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
घटनास्थलमा रक्सी बनाउन प्रयोग गरिने भाँडाकुँडा र जाँड भेटिएकाले ऐरीको रक्सी पार्ने क्रममा आगोमा परेर ज्यान गएकाे हुन सक्ने प्रहरीकाे अनुमान छ ।
आगोमा जलेर गम्भीर घाइते भएका बलिराजकाे उपचारका लागि अस्पताल लैजाने तयारी हुँदै गर्दा ज्यान गएकाे हाे ।