बारा क्षेत्र नम्बर २ मा हिजो भएको उपचुनावको मतगणना आज बिहानदेखि सुरु हुने भएको छ ।
Advertisement
गएरातिदेखि नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा ढिलाइ भएकाले आज बिहानदेखि मतगणना हुने मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो । सर्वदलीय बैठक सकेर बिहान ९ वा १० बजेदेखि मतगणना सुरु गर्ने तयारी रहेको उहाँको भनाइ छ ।
मतगणनाका लागि स्थान निर्धारण गरिएको बारा सदरमुकाम कलैयामा रहेको शैक्षिक तालिममा सुरक्षा व्यवस्था कडा पारिएको छ । बारा क्षेत्र नम्बर २ मा ६५ प्रतिशत मतदान भएको थियो । यो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कुल १ लाख ५ हजार २ सय ४८ मतदाता छन् ।
यो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।