तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् ।
Advertisement
गएराति ११ः४५ बजेदेखि मतगणना सुरु भएको पछिल्लो मत परिणामअनुसार उनले ५ हजार ९ सय मत प्राप्त गरेका छन् ।
वाग्लेलाई पछ्याइरहेका नेपाली कांग्रेसका गोविन्द भट्टराईले २ हजार ६८६ मत ल्याएका छन् । उनी वाग्लेभन्दा ३ हजार ३१३ मतले पछाडि रहेका छन् ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले १ हजार ६५७ मत ल्याएका छन् ।
तनहुँ–१ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ ।
तपाईको प्रतिक्रिया