• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

आजकै दिन : भियतनाम युद्धको विरोधमा अमेरिकामा प्रदर्शन

  •   सोमबार, बैशाख ११, २०८० मा प्रकाशित

सन् १९७१ मा आजकै दिन (अप्रिल २४) मा भियतनाम युद्धको विरोधमा अमेरिकामा बृहत् विरोध प्रदर्शन गरिएको थियो ।

Advertisement

अमेरिकी राजधानी वासिङ्टनमा गरिएको प्रदर्शनमा करिब पाँच लाख मानिस सहभागी भएका थिए । उक्त प्रदर्शन अमेरिकाले भियतनामविरुद्ध युद्ध सुरु गरेयताकै सबैभन्दा ठूलो हो । त्यसैगरी सोही दिन अमेरिकाको सान फ्रान्सिस्को सहरमा पनि १ लाख ५६ हजार मानिसहरू युद्धविरोधी र्‍यालीमा सहभागी भएका थिए ।

विरोधमा सहभागी मानिसहरूले भियतनाम युद्ध अन्त्य गर्न माग गर्दै नाराबाजीसमेत गरेका थिए । दोस्रो विश्वयुद्धको केही समयपछि अमेरिकाले भियतनाममा आफ्नो सैन्यलगायतको संलग्नता बढाउँदै लगेको थियो । १९६९ मा दक्षिणी भियतनाममा रहेका अमेरिकाले सशस्त्र फौजको संख्या ५ लाख ४३ हजार पुर्‍याएको थियो ।

उत्तरी भियतनामको सत्ता कम्युनिस्टको कब्जामा पुगेसँगै समग्र दक्षिणपूर्वी एसियाली देशको लोकतन्त्र खतरामा पुग्ने भन्दै अमेरिकाले दक्षिणी भियतनामलाई सहयोग गर्ने घोषणा गर्दै सैन्य संलग्नता बढाएको थियो । तर आठ वर्षको लडाइँसँगै ठूलो आर्थिक र मानवीय स्रोत साधन परिचालन गर्दा पनि अमेरिका उत्तरी भियतनामका फौजी र उसका छापामार साझेदारहरू भियत कङ (भियतनाम कम्युनिस्ट) सँग पराजित भएको थियो ।

१९७२ मा उत्तर भियतनामले आक्रमण गरी दक्षिणको ठूलो भूभाग नियन्त्रणमा लिएपछि युद्धविराम सम्झौता भएको थियो । सम्झौताअनुसार अमेरिकी सेना फिर्ता भएपछि उत्तर भियतनामले सैनिक आक्रमण गरी दक्षिणलाई आफूमा गाभेको हो । भियतनाम युद्धका क्रममा २० लाख भियतनामी र ५८ हजारभन्दा बढी अमेरिकी सैनिकले ज्यान गुमाएका थिए ।

सोमबार, बैशाख ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जय नेपाल फाउण्डेसनको नेतृत्वमा नयाँ जोश, विस्कान्सन च्याप्टरको अध्यक्षमा विशाल राना मगर
इजरायल, इराक तथा खाडी मुलुकहरुमा रहेका नेपालीलाई सतर्क र सुरक्षित रहन एनआरएनएको आग्रह
अमेरिकामा चितवन घुम्ने निम्तो बाढ्दै युवा ब्यवसायी पन्त

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.