चितवन क्षेत्र नम्बर २को मतगणनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल नजाने भएका छन्।
Advertisement
सर्वदलीय बैठकमा सिडिओ पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई सघाएको नेपाली कांग्रेसले आरोप लगाएको थियो।
सोमबार बिहान बसेको सर्वदलीय बैठकमा कांग्रेसका चितवन सभापति राजेश्वर खनालले सिडिओ पौडेल मतगणना स्थलमा आउन नहुने बताएका थिए।
उनको मागमा सिडिओ पौडेल सहमत भएपछि दिउँसो १ बजेबाट मत गणना सुरू हुने भएको छ।