तनहुँ १ मा १७ वटा वडाको मतगणना सकिएको छ । आँबु खैरेनी र भानु नगरपालिकाका १७ वटा वडाको २३ हजार मत गणना भएको हो ।
Advertisement
जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले ११ हजार ६७७ मत प्राप्त गरेका छन् ।
कांग्रेसका गोविन्द भट्टराईले ६७८७ मत ल्याएका छन् । भट्टराई ४८९० मतले पछाडि छन् । यस अघि उनी ५ हजार ३ मतान्तरले पछि परे पनि उनले मतान्तर घटाउँदै लगेका छन् ।
एमालेका सर्वेन्द्र खनालले ३८०२ मत प्राप्त गरेका छन् ।
तनहुँ १ मा ६३ हजार ७५७ मत खसेको थियो ।