तनहुँ- १ को उपनिर्वाचनमा सुरुदेखि पछाडि परेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई देवघाट गाउँपालिकाको ४ नम्बर वडामा अघि लागेका छन्।
Advertisement
भट्टराईले ६ सय ८१ मत गणना गर्दा २ सय ७२ मत पाएका छन्। दोस्रोमा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २३० मत पाएका छन्। त्यस्तै रास्वपाका स्वर्णीम वाग्लेले १६८ मत पाएका छन्।
तनहुँ- १ को समग्र मत परिणाममा भने रास्वपाका वाग्ले मुख्य प्रतिस्पर्धीभन्दा दोब्बर मतले अगाडि छन्। दोस्रो नम्बरमा कांग्रेसका भट्टराई छन् भने एमालेका सर्वेन्द्र खनाल तेस्रो नम्बरमा रहेका छन्।