सोमबार राति सवा ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने क्रममा फ्लाई दुवईमा चरा रोक्किएको उक्त विमान सेवाका प्रवक्ताले पुष्टि गरेका छन् ।
Advertisement
जहाज उड्नासाथ काठमाडौंका आकाशमा पटक पटक भयानक आवाज आएपछि मानिसहरु त्रसित भएका थिए । फ्लाई दुवईको बोइङ ७३८–८०० जहाज देब्रे इन्जिन फेल भएकाले त्रिभुवन विमानस्थलमा आपतकालिन अवतरण गर्ने भनिए पनि पछि पाइलटले अवस्था सामान्य रहेको भन्दै गन्तव्यतर्फ अघि बढेको काठमाडौंको कन्ट्रोल रुमलाई जानकारी दिएका थिए ।
कुल १६७ जना यात्रुसहित उडेको सो जहाज दुवईमा स्थानीय समयअनुसार राति १२ः१४ मा सुरक्षित अवतरण गरेको थियो । अहिले सो जहाजको चेकजाँच भइरहेको जनाइएको छ ।