• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

भोलि दिनभर मौसम बदली हुने

  •   शनिबार, बैशाख १६, २०८० मा प्रकाशित

काठमाडौंसहित देशका धेरै स्थानमा अहिले वर्षा भइरहेको छ । विगत करिब साढे दुई घण्टादेखि निरन्तर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

महाशाखाका अनुसार यो वर्षा विस्तारै कम हुँदै जानेछ । निरन्तर पानी पर्ने छैन । तर, आजै राति १०/११ बजेतिर पुनः वर्षा हुने सम्भावना रहेको महाशाखाका मौसमविद् गोविन्दकुमार झाले बताए ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा सबैभन्दा बढी वर्षा भएको उनले जानकारी दिए । यो अवधिमा काठमाडौंमा ३१.५ मिलिमिटर वर्षा मापन गरिएको उनले बताए । उनका अनुसार यो अवधिमा काठमाडौंपछि पोखरामा सबैभन्दा धेरै २३.२ मिलिमिटर वर्षा मापन गरिएको छ ।

पछिल्लो तीन घण्टामा भने म्याग्दीमा सबैभन्दा बढी १७ मिलिमिटर वर्षा मापन गरिएको उनले जानकारी दिए ।

उनका अनुसार आजभन्दा भोलि मौसम ‘डिस्टर्ब’ हुनेछ । भोलि दिनभर मौसम बदली हुने उनले बताए ।

“तुलनात्मक रूपमा आजभन्दा भोलि मौसम डिस्टर्ब हुनेछ । बिहानैदेखि मौसम बदली हुने देखिन्छ,” उनले बाह्रखरीसित भने, “धेरै स्थानमा वर्षाको सम्भावना छ । कोसी प्रदेशमा दिउँसो हावाहुरीको सम्भावना पनि छ ।”

भोलि देशभर हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ । काठमाडौंमा पनि आइतबार बिहानैदेखि बदली हुने मौसमविद् झाले बताए । “काठमाडौंमा दिउँसो १२/१ बजेपछि वर्षा हुने सम्भावना छ,” उनले भने ।

उनका अनुसार शनिबार मध्यम ‘क्याटगोरी’को वर्षा भएको छ । तर, यो झरी नभएको उनले बताए ।

“प्रिमनसुनमा निरन्तर झरी पर्दैन । केही समय रोकिने र पुनः पर्ने हुन्छ,” उनले भने, “प्रिमनसुनमा थोरै समयमा धेरै पानी पर्ने हुन्छ ।”

हाल देशमा पश्चिमी र स्थानीय वायुको संयुक्त प्रभाव रहेको उनले जानकारी दिए ।

शनिबार, बैशाख १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.