कास्कीको पोखरा महानगरपालिका–१५ नयाँगाउँका १५ वर्षीय रोनिष गुरुङको खोलामा पौडी खेल्ने क्रममा डुबेर शनिबार मृत्यु भएको छ । कास्की प्रहरीका अनुसार दिउँसो साढे ३ बजेतिर पोखरा–१७ पावरहाउसस्थित फुर्सेखोलामा पौडी खेल्दा उनी डुबेर बेपत्ता भएका थिए ।
Advertisement
घटनालगत्तै वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक हरिप्रसाद पौडेलको नेतृत्वमा उद्धार टोली खटेको थियो । टोलीले गुरुङलाई डुबेकै स्थानबाट निकालेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएको निरीक्षक पौडेलले बताए । चिकित्सकले ४ बजेर ५० मिनेटको समयमा गुरुङलाई मृत घोषणा गरेका थिए ।