• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शनिबार, असोज ११, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

सिरहामा ग्राभेल माफियाहरूद्वारा प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात

  •   शनिबार, बैशाख १६, २०८० मा प्रकाशित

सिरहामा ग्राभेल उत्खननमा रोक लगाएको भन्दै ग्राभेल माफियाहरूले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेका छन् ।

Advertisement

पछिल्लो समय ग्राभेलको हवको रूपमा परिचित रहेको जिल्लाको धनगढिमाइ नगरपालिकामा अवैध रुपमा सञ्चालनमा रहेको ग्राभेल खानी उत्खननमा रोक लगाएको भन्दै ग्राभेल माफियाहरूले प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेमाथी हातपात गरेका हुन । अधिकृतसहित अन्य कर्मचारीहरूलाई गालीगलौज गर्नेहरूमाथि कारबाहीको माँग गर्दै कर्मचारीहरूले अनिश्चित कालको लागी कामकाज ठप्प गर्ने घोषणा गरेका छन्।

कमलामाई सप्लायर्स धनुषका सञ्चालक वेचन शर्माको नेतृत्वमा आएका ५-७ जनाको समूहले शुक्रवार अपरान्ह कार्यकक्षमै प्रमुख प्रशासकीय अधिकृत गेलालमाथि हातपात गर्नुका साथै अन्य कर्मचारीलाई समेत गाली गलौज गरेको भन्दै कारवाहीको माग गर्दै कार्यालयको सम्पूर्ण काम काज अनिश्चित कालको लागि बन्द गर्ने घोषणा गरेको छ।

पालिकाले ग्राभेल उत्खननमा रोक लगाएको भन्दै शर्माको नेतृत्वमा आएका धनगढीमाई नपा १२ का महेश अधिकारी, वडा नम्वर ४ का रामएकवाल यादव सहित आएका ५-७ जनाको समूहले प्रमुख प्रशासकीय अधिकृत गोपाल ललालाई कार्यकक्षमा थुनेर हातपात गर्नुका साथै गाली गलौज गरेको भन्दै कर्मचारीहरूद्वारा नगरप्रमुखलाई दिइएको मागपत्रमा उल्लेख गरिएको छ।

कर्मचारीहरूद्वारा जारी माग पत्रमा, ‘उच्छृङ्खल समूह प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी ढोका थुनेर अस्थायी रुपमा खानी बन्द भएको विषयलाई लिएर किन खानी बन्द गरीस, खानी बन्द गर्ने अधिकार तलाई कसले दियो ? भन्दै अपशब्द प्रयोग गरी गालीगलौज गरी पानीको बोतल प्रहार गर्दै हात पात समेत गरेको छ।’

ठेकेदारहरूले ग्राभेल जथाभावी उत्खनन गरेको र राजश्व समयमा नतिरेको भन्दै नगरपालिकाले पटक पटक उत्खननमा अस्थायी रोक लगाउँदै आएको छ।

‘नगर प्रहरी र सेवाग्राहीको सहयोगमा बल प्रयोग गरी निजहरूलाई मुस्किलले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट बाहिर निकाले पनि प्रमुख प्रशासकीय अधिकृत एवम् कर्मचारीमाथि अपशब्द प्रयोग गरी गाली गलौज गरेको घटना प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको कर्मचारीद्वारा जारी माग पत्रमा उल्लेख गरेको छ।

कार्यालय समयमा प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी कोही पनि सुरक्षित नभएको र उक्त घटनाको दोषी माथि कारवाही नभएसम्म यस नगर पालिकाको कार्यालय तथा वडा कार्यालयमा कार्यरत हामी सम्पूर्ण कर्मचारीहरूलाई शान्ति सुरक्षाका व्यवस्था नभएसम्मको लागि कामकाज गर्न असमर्थ रहेको उल्लेख गरेको छ।

यस सम्बन्धमा धनगढीमाई नगरपालिका १२ नम्वर वडाका वडा अध्यक्ष तथा प्रवक्ता जय प्रकाश ठाकुरसँग बुझ्दा उनले आफूले अझै आधिकारिक जानकारी नपाएको भन्दै घटनाको विषयमा अन्यत्रबाट जानकारी पाएको बताए।

यो क्षेत्रमा विकास निर्माणको नाममा मनपरी अवैध रुपमा ग्राइभेल उत्खनन गर्दै आएको छ । यस प्रति नगरपालिका तथा प्रहरी प्रशासन समेतको उदासिन देखिएको बताइन्छ ।

शनिबार, बैशाख १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.