सङ्खुवासभामा सुक्खा पहिरोका कारण अरुण नदी थुनिएको छ ।
Advertisement
अरुण तेस्रो जलविद्युत् आयोजनाको जलाशय क्षेत्र फाक्सिन्दा नजिकै ठूलो सुक्खा पहिरो खसेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।
उहाँले अहिले डोजरसहित प्राविधिकको टोली नदी थुनिएकै ठाउँमा रहेको र सुरक्षित तरिकाले पहिरो पञ्छाएर नदीको बहाव सामान्य बनाउन प्रयास भइरहेको पनि बताउनुभयो ।
अहिलेसम्म नदी थुनिँदा कुनै खतरा नरहेको पनि प्रमुख जिल्ला अधिकारी यादवको भनाइ छ ।