• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शनिबार, असोज ११, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

फिदिममा सार्वजनिक शौचालयको अभाव

  •   बुधबार, जेठ २४, २०८० मा प्रकाशित

सिङ्गो बजारमा एउटा पनि सार्वजनिक शौचालय छैन् भन्दा धेरैलाई विश्वास नलाग्ला तर नयाँ सहरका रुपमा विकास भइरहेको सदरमुकाम फिदिममा अहिलेसम्म एउटा पनि सार्वजनिक शौचालय बन्न सकेको छैन् । नेपाल सरकारले भौतिक सुविधाको विस्तार गरी बसाइँसराइ रोक्ने उद्देश्य राखी विकास गरिरहेको फिदिममा अहिले पर्यटक, बटुवा र यात्रु शौचालय खोजेर भौतारिने गर्छन् ।

Advertisement

सार्वजनिक शौचालय नभेटेपछि पसल र होटलमा पुगेर शौचालय प्रयोग गर्न दिन उनीहरुले याचना गर्नुपर्छ । शौच गर्नकै लागि पर्यटक, बटुवा र यात्रु होटलमा चिया, नास्ता, चुरोट खाने बहाना बनाएर जानुपर्ने बाध्यता छ । यात्रु बुद्धिमान स्याङनात पनि त्यसरी दुःख पाउनेमध्येका एक हुनुहुन्छ । जिल्लाको फाल्गुनन्द–६ का स्याङतान फिदिम बजारमा यत्तिका लामो समयसम्म किन सार्वजनिक शौचालय नबनेको होला भनेर अचम्ममा हुनुहुन्छ ।

“नयाँ मान्छेलाई त यहाँ गाह्रै हुन्छ, ग्राहक बनेर होटलमा जानुको विकल्प हुँदैन्, नौलो मान्छेलाई समस्या छ नि”, स्याङनातले भन्नुभयो, “शौचालय त अति आवश्यक देखिन्छ, तर नगरपालिका भए पनि अहिलेसम्म किन नबनाएको होला ? मैले बुझ्न सकेको छैन् ।” फिदिमको गणतन्त्र चोकमा भेटिनुभएकी याङवरक–६ की इन्द्रकुमारी सुहाङको गुनासो पनि उस्तै छ । “यत्रो ठूलो बजारमा सार्वजनिक शौचालय त हुनुपर्ने हो, बाहिरबाट आउने र चिनजानका मानिस नहुने यात्रुले समस्या भोग्नु परेको छ”, सुहाङले गुनासो गर्दै भन्नुभयो ।

अटोरिक्सा चालक कुमार तामाङ शौचालय सोध्ने यात्रुलाई विकल्प दिन नसकिएको बताउनुहुन्छ । “बाहिरबाट आउने यात्रुहरु शौचालय कहाँ छ भन्छन्, हामीले कहाँ देखाइदिने ?”, तामाङले भन्नुभयो, “होटलतिर गएर चिया, चुरोट मागेर ट्वाइलेट खोजेर शौच गर्नुपर्ने अवस्था छ ।” शौचालय निर्माण गर्ने विषयलाई नगरपालिकाले गम्भीरतापूर्वक नलिएको तामाङको गुनासो छ । आहाल गैरीमा होटल चलाइरहेकी माया तामाङ सवारी साधन रोकिने क्षेत्रमा सार्वजनिक शौचालय अत्यावश्यक रहेको बताउनुहुन्छ ।

हिमाल यातायातको फिदिम काउण्टरका प्रमुख निशान साँवा बजार क्षेत्रमा पार्किङ गर्ने सहज व्यवस्था तथा सार्वजनिक शौचालय नहुँदा यात्रुलाई समस्या हुने गरेको बताउनुहुन्छ । “बसपार्क टाढा हुँदा गाडी त्यहाँबाट सञ्चालन हुनसकेका छैनन्, यात्रुहरु बजारमै उत्रन चाहन्छन्, उनीहरुको काम पनि यतै हुन्छ, यहाँ न पार्किङ सहज छ, नत शौचालयको व्यवस्था नै”, साँवाले भन्नुभयो, “पार्किङ सहज बनाइ सोही स्थानमा सार्वजनिक शौचालय बनाउनु जरुरी छ ।”

आफ्नो होटलको शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्दा मासिक रु २० हजारभन्दा बढी खर्च हुने गरेको व्यवसायी पूर्ण सम्बाहाम्फेको भनाइ छ । सम्बाहाम्फेको होटल भएको लिम्बुवान गेट बाहिर यात्रु उत्रिएर बजारभित्रका काम गर्ने मुख्य ठाउँ हो । “मेरो होटलमा सबैतिरबाट आएका यात्रु ठोकिन्छन्, बालबालिका, बुढापाका अभर परेर आउँछन्, मैले दिन्न भन्नुभएन”, सम्बाहाम्फेले भन्नुभयो, “मेरो शौचालयको सेफ्टी ट्याङ्की सानो छ, मैले प्रत्येक महिनामा सेफ्टी ट्याङ्की सफा गराउनुपर्छ, यसो गर्दा मासिक रु २० हजार खर्च भइरहेको छ, नगरपालिकामा बिल हेरे हुन्छ ।”

नगर उपप्रमुख राधाकृष्ण न्यौपानेका अनुसार बर्सेनि फिदिम बजार क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्ने बजेटको व्यवस्था गरिए पनि सार्वजनिक शौचालय निर्माण गर्न जग्गाको खोजी भइरहेको छ । संरचना निर्माण गर्न जग्गा खरीद गर्न नमिल्ने भएकाले नगरपालिकाले जग्गाको प्रवन्ध गर्न सकेको छैन् । शौचालय निर्माणकै लागि मुख्य चोकमा लाखौं मूल्यपर्ने जग्गा उपलब्ध गराउन स्थानीय पनि तयार छैनन् ।
रासस

बुधबार, जेठ २४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.