काठमाडौं महानगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (कक्षा १०) को नतिजा प्रकाशन नभएसम्म विद्यार्थी भर्नाका कुनै पनि प्रक्रिया नगर्न परिपत्र जारी गरेको छ ।
Advertisement
महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले बुधबार विज्ञप्तिमार्फत २०८० शैक्षिक सत्रका लागि केही विद्यालयले कक्षा ११ को भर्ना सूचना प्रकाशन गरेको भन्ने उजुरी प्राप्त भएकोले यस सम्बन्धमा ध्यानाकर्षण भएको बताउनुभएको छ ।
शिक्षा विभागले महानगर अन्तर्गतका सबै विद्यालयमा भर्नासम्बन्धी परिपत्र जारी गरेको हो । केही निजी विद्यालयले भर्ना प्रक्रिया सुरु गरेपछि महानगरमा उजुरी परेका हो ।