• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शनिबार, असोज ११, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

राप्ती नगरपालिकामा नदीजन्य पदार्थको मनपरी उत्खनन्

  •   मङ्गलबार, जेठ ३०, २०८० मा प्रकाशित

राप्ती नगरपालिकामा नदीजन्य पदार्थको मनपरी उत्खनन् भइरहेको छ ।नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन् गर्ने क्रममा बिलमा मितिसम्म नलेखी मालसामान पठाएको पाइपछि मनपरी उत्खनन् भएको पाइएको हो ।

Advertisement

मिति नभएको रसिद प्रयोग गर्दा त्यही रसिदलाई पटकपटक प्रयोग गर्ने गरिएको पाइएको छ । नगरपालिकाले नगरभित्रका कच्ची बाटोलाई ग्राभेलिङ गर्नको लागि गिटी, बालुवा उठाउन अनुमति दिए पनि तोकिएको परिमाणभन्दा बढी उठाउने गरिएको स्थानीयको आरोप छ ।

जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले १५ दिन अगाडि राप्ती नगरपालिकाको चम्पा खोला र दूधकोशीमा अनुगमन गरिएको तर यस्तो मिति नभएको रसिद प्रयोग गरिएको भन्ने सुन्दा आफू आश्चर्यमा परेको बताए ।

उनले अहिले कानुुनले नदीजन्य वस्तुको सम्पूर्ण ठेक्का लगाउने अधिकार स्थानीय तहलाई नै दिएको बताए । अधिकारीले भने, ‘ उत्खनन्मा वातावरणीय प्रभाव मूल्यांकन ठीक छ वा छैन भनेर बुझ्ने अधिकार जिल्ला समन्वयलाई छ । राप्तीमा के भइरहेको छ, म बुझ्छु र फेरि अनुगमनमा जान्छु ।’

राप्ती नगरपालिकाले स्थानीय ठेकदार गुन गुरुङलाई विभिन्न नदीबाट नदीजन्य वस्तुको उठाउने अधिकार दिए पनि उनले बाहिर लगेर गिटी, बालुवा बेच्ने गरेको स्थानीयले आरोप लगाए । गुन्डागर्दी गर्ने खालका मानिसहरु ती काममा संलग्न रहेकोले आफूहरुले खुलेर विरोध गर्न नसकेको उनीहरुको आरोप छ ।

राप्ती–४ का वडाअध्यक्ष केदार आचार्यले मंगलबार फेसबुकमा स्टाटस लेख्दै नगरपालिकाले गलत काम गरेको भन्दै मेयर, उपमेयरको मनोमानी नगरवासीको लागि सह्य नभएको बताएका छन् । राप्तीको च्यात्रा, सुख्खा, पम्पालगायतका खोलामा नदीजन्य पदार्थ दोहन भइरहेको उनले बताएका छन् ।
मेयर, उपमेयर र प्रशासकीय अधिकृतले मिलेमतोमा नदीको दोहन गर्दै आइरहेको वडा अध्यक्ष आचार्यको आरोप छ । नदीमा प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आइइई) पनि नगरिएको स्थानीयको आरोप छ । यसबारेमा बुझ्न मेयर शमसेर लामालाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

मङ्गलबार, जेठ ३०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.