ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परेर घाइते भएका एक जनालाई हेलिकप्टरबाट उद्धार गरिएकाे छ ।
Advertisement
पहिराेमा परेर घाइते भएका राजकुमार राईलाई नेपाली सेनाकाे हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काेशी अस्पताल माेरङ लगिएकाे प्रमुख जिल्ला अधिकारी गोमा चेम्जोङले जानकारी दिनुभयाे ।
निलगिरि मावि मेहेलेमा साढे १ बजेतिर अवतरण भएकाे हेलिकप्टर खराब माैसमका कारण एक घण्टा पर्खिएर साढे २ बजे उडेको थियाे ।
प्रमुख जिल्ला अधिकारी चेम्जोङले मेहेलेका तीन सय परिवारलाई अन्यत्र सार्नुपर्ने अवस्था देखिएको बताउनुभयाे । मेहेलेमा पहिराे जाने क्रम नराेकिएकाेले तीन सय परिवारलाई तत्कालका लागि सुरक्षित ठाउँमा सार्नुपर्ने बताउनुभयो ।
अहिलेसम्म मेहेलेमा पहिराेमा परेर तीन जनाकाे ज्यान गएकाे छ भने तीन जना अझै बेपत्ता छन् ।
तपाईको प्रतिक्रिया