सामसङले शून्य प्रतिशत ब्याजदरको वित्तीय सुविधासहित स्मार्टफोन खरिद गर्न सकिने सुविधा सार्वजनिक गरेको छ ।
यो योजना २५ हजार रुपैयाँभन्दा बढी मूल्यका सामसङ स्मार्टफोन खरिद गर्ने ग्राहकहरूका लागि लागू हुने कम्पनीले जनाएको छ । ग्राहकहरूले सजिलैसँग आफ्नो चाहना बमोजिमको स्मार्टफोन खरिद गर्न सकून् भन्ने उद्देश्यका साथ वित्तीय समावेशीकरणमा सहयोग पुर्याइएको हो ।
मानव दैनिकीमा स्मार्टफोन अपरिहार्य साधनको रुपमा विकास भइसकेको छ । यही तथ्यलाई दृष्टिगत गर्दै सामसङ नेपालले मानिसहरूको स्तरोन्नतिमा सहायता पुर्याउन हुलास फिन सर्भ (एचएफएल) सँगको सहकार्यमा इन्स्टा फाइनान्स सुविधालाई प्रस्तुत गरेको हो ।
सामसङ इन्स्टा फाइनान्स एक झन्झटरहित, तत्काल फाइनान्स सुविधा उपलब्ध हुने सहज उपाय हो । जसको मासिक किस्ताको ब्याजदर शून्य प्रतिशत रहेको छ ।
सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘सामसङ आज आफ्नो ग्राहकहरू कै कारणले यहाँसम्म पुग्न सफल भएको हो भन्नेमा विश्वास गर्दछौं । हामी उनीहरूको आवश्यकता र जरुरतहरूलाई बुझ्दछौं, त्यसैले हामी हाम्रो उत्कृष्ट उत्पादनहरू र सेवाहरू उपलब्ध गराउने गर्दछौं, हामीले ल्याएको इन्स्टा फाइनान्स त्यस्तै एउटा मूख्य पहल हो । सासमङ इन्स्टा फाइनान्स ग्राहक केन्द्रित रहेको छ जसले ग्राहकहरूलाई सहजतापूर्वक सामसङको नवीनतम अत्याधुनिक प्रविधिमा अपग्रेड गराउन सक्छ ।’
प्रारम्भमा, सामसङले नेपालका सम्पूर्ण प्रमुख बजारका २०० वटाभन्दा धेरै शोरुमहरूमा यो इन्स्टा फाइनान्स सुविधा उपलब्ध गराउनेछ । यो योजनालाई अर्को महिनासम्ममा आफ्नो नेटवर्कमार्फत् बढाउँदै लग्ने योजना सामसङको रहेको छ ।
यो एक अत्यन्त महत्वपूर्ण पहल हो । जुन सामसङ जस्तो स्थापित ब्राण्डले आफ्नो उपकरणहरूलाई सुलभ तरिकाले सबैको पहुँचमा पुर्याउन शुरु गरेको छ । ‘ग्राहकहरू जसले उत्कृष्ट स्मार्टफोनमा आफूलाई अपग्रेड गर्ने सोच बनाइराखेका छन्, उनीहरूका लागि यो एक अत्यन्त महत्वपूर्ण अवसर हो ।’ सामसङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सामसङ इन्स्टा फाइनान्सले कसरी काम गर्दछ ?
यो अत्यन्त सरल, झन्झटरहित र तुरुन्तै हुने प्रक्रिया हो र यसको लागि क्रेडिट कार्डको समेत आवश्यक पर्दैन । ग्राहकहरूले केही सामान्य प्रक्रियाहरू पूरा गरेपछि तत्काल कर्जा प्राप्त गर्न सक्दछन् । ग्राहकहरूले आवश्यक कागजातहरू (आवेदकको नेपाली नागरिकताको प्रमाणपत्र र फोटो, ग्यारेन्टरको नागरिकता प्रमाणपत्र र फोटो तथा आवेदकको आयस्रोत खुलेको पत्र) सहित इन्स्टा फाइनान्सको सेवा प्रदान गरिरहेको स्टोरमा जानु पर्नेछ ।
यसरी उपलब्ध गराइएका कागजाताहरू प्रमाणीकरण भएपछि ग्राहकहरूले कानूनी कागजातहमा हस्ताक्षर गर्नु पर्नेछ, त्यसपश्चात् उनीहरूले चाहेको स्मार्टफोन प्राप्त गर्न सक्नेछन् । यो कार्यक्रम ग्राहकहरू र स्मार्टफोन रिटेलरहरू दुवैका लागि लाभदायक हुने सामसङको विशवास छ ।