• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

होन्डुरसको महिला कारागारमा झडप, ४१ कैदीको मृत्यु

  •   बुधबार, असार ०६, २०८० मा प्रकाशित

मध्य होन्डुरसको महिला कारागारमा भएको हिंसामा परी ४१ जना कैदीको मृत्यु भएको छ । सरकारी वकिलको कार्यालयका प्रवक्ता युरी मोराका अनुसार अधिकांश मृतकलाई जलाइएको छ भने अन्यलाई गोली लागेको छ ।

Advertisement

मोराका अनुसार अनुसन्धानकर्ताहरूले राजधानी तेगुसिगाल्पा नजिकैको तमारामा रहेको सुधार केन्द्रको अवलोकन पछि मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

होन्डुरसका सुरक्षा उपमन्त्री तथा होन्डुरस पेनिटेन्टरी सिस्टमका प्रमुख जुलिसा भिल्लानुएभाले पत्रकार सम्मेलनमा भनिन्, “मानवीय क्षतिबाट हामी मर्माहत भएका छौं । हाम्रो देशको दण्ड प्रणालीलाई सङ्गठित अपराधले ‘अपहरण’ गरेको छ ।”

होन्डुरसमायस्तै घटना सन् २०१९ मा पनि भएकोे थियो, जहाँ दुई पुरुष जेलमा भएको झडपमा गिरोहका ४० सदस्यको मृत्यु भएको थियो ।

न्युयोर्क टाइम्सका अनुसार मङ्गलबार मृत्यु हुनेको सङ्ख्याले मध्य अमेरिकी देशको जेलमा भएको यो सबैभन्दा घातक दङ्गा हो । हालैका वर्षहरूमा महिला कारागारमा हत्याका घटनाहरू बढेका छन् । होन्डुरसमा दुई प्रतिद्वन्द्वी आपराधिक सङ्गठनहरू, ‘एट्टिन्थ स्ट्रिट’ गिरोह र एमएस–१३ गिरोहका महिला सदस्यहरूबीचको मुठभेडको क्रममा धेरै कैदीहरूको घाँटी थिचेर हत्या गरिएको छ वा छुरा प्रहार गरिएको छ ।

राष्ट्रपति सिओमारा क्यास्ट्रोले घटनाबाट आफू स्तब्ध भएको बताउँदै जिम्मेवार अधिकारीलाई जवाफदेही बनाउन कडा कदम चाल्ने प्रतिबद्धता जनाएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, “कानून कार्यान्वयन गर्ने अधिकारीहरूको पूर्ण दृष्टिमा गिरोहहरूले दङ्गाको योजना बनाएका थिए ।

‘ह्युमन राइट्स वाच’ले सन् २०२१ मा होन्डुरसबारे तयार पारेको एउटा प्रतिवेदनमा भनिएको थियो, “जेलमा अत्यधिक भीडभाड, अपर्याप्त पोषण, सरसफाइको कमी, कुटपिट, अन्तर–गिरोह हिंसा र कैदीहरूको हत्याहरू व्याप्त छन् ।”

द न्युयोर्क टाइम्सका अनुसार होन्डुरसको सामाजिक अनुकूलनका लागि राष्ट्रिय महिला कारागारमा करिब ८०० कैदीबन्दी रहेका छन् । सन् २०२० मा ‘इन्टर अमेरिकन कमिसन अन ह्युमन राइट्स’ले होन्डुरसका जेलहरूमा महिलाहरूको सुविधासहित ‘धेरै हिंसात्मक घटनाहरू’ रेकर्ड गरेको थियो ।

बुधबार, असार ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जय नेपाल फाउण्डेसनको नेतृत्वमा नयाँ जोश, विस्कान्सन च्याप्टरको अध्यक्षमा विशाल राना मगर
इजरायल, इराक तथा खाडी मुलुकहरुमा रहेका नेपालीलाई सतर्क र सुरक्षित रहन एनआरएनएको आग्रह
अमेरिकामा चितवन घुम्ने निम्तो बाढ्दै युवा ब्यवसायी पन्त

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.