• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

भारतले एकैपटक ५ वर्षका लागि वर्षायाममा नेपालबाट २ सय मेगावाट विद्युत खरिद गर्ने

  •   मङ्गलबार, असार १२, २०८० मा प्रकाशित

भारतले एकैपटक ५ वर्षका लागि वर्षायाममा नेपालबाट २ सय मेगावाट विद्युत खरिद गर्ने भएको छ । भारतसँग भएको दीर्घकालीन विद्युत व्यापार प्रारम्भिक सम्झौताकै अंगका रुपमा रहने गरी मध्यकालीन विद्युत खरिदका सम्झौता भएको नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरुले दाबी गरेका छन् ।

Advertisement

उनीहरुका अनुसार यो सम्झौता यसअघिको जस्तो पटके किमिसको हैन । यो २०० मेगावाट अहिले निर्यात भइरहेको ४५२ मेगावाटको प्रतिस्पर्धी विद्युत बजारमा निर्यातमा लागि पाएको अनुमतिभन्दा फरक सम्झौता हो । निरन्तर ५ वर्षसम्म तोकिएको अवधिभित्र नेपालले नाका (ढल्केबर सबस्टेन) सम्म बिजुली उपलब्ध गराउने र त्यहाँबाट सबै खर्च भारतीय पक्षले ब्यहोरेर बिजुली किनेर लैजाने गरी समझदारी भएको प्राधिकरणका एक अधिकारीले बताए ।

२०७८ कात्तिकदेखि नेपालले देशमा खपत हुन नसकेको भारतको केन्द्रीय विद्युत् प्रणालीको इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईईएक्स) दैनिक बिजुली बजार (डे अहेड मार्केट) मा प्रतिस्पर्धी दरमा बिजुली बेचिरहेको छ । बेच्न सकिने बिजुली अघिल्लो दिन नै भारतीय ऊर्जा बजारको प्रणालीमा बोलकबोलका लागि राख्ने र सो अवधिमा प्रणालीले माग र आपूर्तिका आधारमा निर्धारण भएको दरमा बेच्ने गरिएको छ ।

आईईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको छ । यो किसिमको निर्यातलाई निरन्तर राख्ने गरी नयाँ सम्झौता भएको हो ।

तर, नेपाल विद्युत् प्राधिकरण र भारतको एनटीपीसी विद्युत व्यापार निगम लिमिटेड (एनभीभीएन)बीच भएको पछिल्लो सम्झौताअनुसार भारतले ५ वर्षसम्म प्रत्येक वर्षायामको ६ महिनामा थप २ सय मेगावाट बिजुली लैजानेछ । प्राधिकरणले मुजफ्फरपुर सबस्टेसनमा मिटर राखेर भारतलाई यस्तो बिजुली बेच्ने छ ।

एनभीभीएसन नेपाल, बंगलादेश र भुटानमा बिजुली किनबेचका लागि भारत सरकारले तोकेको सरकारी नोडल एजेन्सी हो । यसले नेपालको बिजुली एक्सचेन्ज बजारसम्म लगेर गरिने कारोबारमा एजेन्टमा रुपमा अहिले पनि काम गरिरहेको छ ।

५ वर्षे सम्झौताअनुसार उसले नेपालबाट आफैंले बिजुली बिजुली किनेर भारतीय बजारमा बेच्न लागेको हो । त्यहाँबाट भारतमा निर्यात भएको २०० मेगावाट बिजुलीको ह्विलिङ चार्ज, ट्रेडिङ शुल्क, सर्भिस चार्जसहित चुहावाट हिस्सा सबै भारतले नै ब्यहोर्नेछ ।

प्रतियुनिट ५.२५ भारु अर्थात् ८.४० रुपैयाँ बराबरमा प्राधिकरण र एनभीभीएनबीच आधा दशकका लागि विद्युत किनबेचको सम्झौता भएको हो । यो मूल्य भारतीय एक्सचेन्ज बजारमा प्रतिस्पर्धाबाट बेचिने बिजुलीको औसत मूल्यभन्दा राम्रो भएको प्राधिकरणका अधिकारीहरु बताउँछन् । अरु शुल्क तिर्नु नपर्ने भएको यो प्राधिकरणको लागि ‘खुद आय’ हुनेछ । प्राधिकरणले जेठको मध्यदेखि कात्तिकसम्म यस्तो विद्युत भारतमा निर्यात गर्नेछ ।

यो सम्झौताअनुसार ८३.४२ मेगावाटको सोलुखोला (दूधकोशी), ४२.६८ मेगावाटको सुपर मादी, ३४.९२ मेगावाटको माथिल्लो बलेफी ‘ए’, २६.१९ मेगावाटको दोर्दी खोला र १२.७९ मेगावाटको माथिल्लो चाकु ‘ए’ आयोजनाको बिजुली बेच्न प्रस्ताव गरेको प्राधिकरण स्रोतको बताएको छ । भारतको केन्द्रीय विद्युत प्राधिकरणले एनभीभीएन र नेपाल विद्युत प्राधिकरणबीच भएको समझौतासहित प्रस्तावित आयोजनाहरुलाई स्वीकृति दिएपछि निर्यात सुरु हुने र यो प्रक्रियामै रहेको एक अधिकारीले बताए ।

गत १८ जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा दुई देशबीच दीर्घकालीन विद्युत् व्यापारका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो । भेटवार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै यो सम्झौता अनुसार १० वर्षमा भारतले १० हजार मेगावाट विद्युत् खरिद गर्ने लक्ष्य राखेको बताएका थिए ।

नेपाली ऊर्जा अधिकारीहरुले यो सम्झौतालाई विद्युत् व्यापारको एउटा छाता सम्झौता भन्दै आएका छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अनलाइनखबरसँग कुरा गर्दै यसकै आधारमा हामी ५, १० र १५, २० वर्षको ‘सर्ट टर्म’सहित लामो अवधिको विद्युत् खरिद सम्झौता’ (पीपीए)हरु गर्न सक्ने बताएका थिए ।

अहिलेसम्म भारतले दीर्घकालीन विद्युत व्यापारका लागि हस्ताक्षर भएको प्रारम्भिक सहमतिपत्र मन्त्रिपरिषदबाट पारित गरेर हस्ताक्षरको निम्तो दिएको छैन । नेपाल सरकारले भने ऊर्जासचिव दिनेशकुमार घिमिरेलाई सो सम्झौतामा हस्ताक्षर गर्न अधिकार दिइसकेको छ ।

सो सम्झौतामा प्रारम्भिक हस्ताक्षर हुनुभन्दाअघि नै एनभीभीएन र प्राधिकरणबीच २ सय मेगावाट बिजुली खरिद बिक्रीका लागि सहमति जुटिसकेको प्राधिकरणका अधिकारीहरु बताउँछन् । अब भारतीय पक्षले दीर्घकालीन विद्युत व्यापारको सम्झौताका लागि बोलाउने र पहिलो चरणमा ५ वर्षका लागि मध्यकालीन विद्युत व्यापार सुरु गरिहाल्ने गरी बाँकी निर्णय लिनेमा अधिकारीहरु आशावादी छन् ।

मङ्गलबार, असार १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.