काठमाण्डाै महानगरपालिकाले आउँदाे शैक्षिक सत्र २०८०/८१ को लागि कक्षा ११ मा लिइने शुल्कको विवरण पेस गर्न सबै निजी विद्यालयलाई निर्देशन दिएको छ ।
Advertisement
महानगरपालिकाले सूचना निकालेर सबै निजी विद्यालयलाई यही असार मसान्तसम्म कुन-कुन शीर्षकमा कति शुल्क लिने हो त्यो विवरण पेस गर्न भनेको हो । महानगरमा अहिले पाँच सय २० वटा निजी विद्यालय सञ्चालनमा छन् । ती सबै विद्यालयलाई यही असार मसान्तभित्र विवरण पेस गर्न निर्देशनसहित पत्राचार गरेको महानगरको शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले जानकारी दिनुभयो ।
निजी विद्यालयले जथाभाबी शुल्क लिएको गुनासो बढेकाले शुल्कको विवरण पेस गर्न महानगरले निर्देशन दिएको हो । तोकिएको समयसीमामा शुल्क विवरण उपलब्ध नगराउने विद्यालयलाई अनुगमन गरी नियमानुसार कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।