• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

७ दिनभित्र ललितानिवासको अस्थायी संरचना हटाउन महानगरको निर्देशन

  •   आइतबार, असार १७, २०८० मा प्रकाशित

काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललितानिवासको जग्गामा बनेका अस्थायी संरचनाहरु ७ दिनभित्र हटाउन निर्देशन दिएको छ ।

Advertisement

जग्गा हिनामिनाको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेका बेला आइतबार महानगर प्रहरीको टोली ललितानिवास पुगेको थियो । नगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोलीले जग्गामा रहेका टहरा लगायत अस्थायी संरचनाहरु हटाउन निर्देशन दिएको छ ।

यो मुद्दा अदालतमा विचाराधीन भए पनि सरकारी हो भन्ने पक्का भइसकेकाले महानगरले संरक्षणका लागि पहल लिएको मेयरका सल्लाहकार धीरज जोशी बताउँछन् । ‘त्यो जग्गाको संरक्षण प्रदेश र संघ सरकारले गरेको देखिएन’ उनले भने, ‘सार्वजनिक जग्गाको संरक्षण गर्ने दायित्व स्थानीय तहको पनि भएकाले महानगरपालिकाबाट निर्णय गरेर यो पहल लिइएको हो ।’

जोशीका अनुसार ललितानिवासको त्यो जग्गा अहिले पनि मानिसहरुको आवतजावत हुनका साथै अनधिकृत रुपमा प्रयोग गर्ने काम भएको पाइएको छ । त्यसलाई रोकेर अस्थायी संरचनाहरु ७ दिनभित्र हटाउन निर्देशन दिइएको छ ।

‘स्थायी संरचनाहरुको हकमा अदालतको आदेश आएपछि थप निर्णय गर्छौं’ जोशीले भने, ‘महानगरको क्षेत्राधिकारअनुसार नयाँ संरचना बनाउन दिँदैनौं ।’

जग्गा संरक्षणका लागि तारबार लगाउने वा नलगाउने भन्ने चाहिं निर्णय भइसकेको उनले बताए । कतिपय ठाउँमा यस्तो विवाद भए पनि कसैले संरक्षणका लागि चासो नदिने र अतिक्रमण हुने गरेको पाइएको भन्दै उनले भने, ‘आवश्यक भयो भने तारबार पनि लगाउन सकिन्छ । मुख्य कुरा संरक्षण हो ।’

अहिले ललितानिवासको १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा लगेर हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध दायर गरेको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

यही प्रकरणमा सीआईबीले फेरि सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर शाहसहित ८ जनालाई नियन्त्रणमा लिएको छ ।

आइतबार, असार १७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.