• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

पहाडी क्षेत्रमा औसतभन्दा बढी र पश्चिमी तथा मध्य तराईमा वर्षा कम

  •   बुधबार, साउन ०३, २०८० मा प्रकाशित

यसपालि मनसुन भित्रिएपछि अहिलेसम्म ५ सय २० दशमलव ७ मिलिलिटर पानी परेको छ ।मनसुनको अवधि चार महिनामा सामान्यतया देशभर १४ सय ७२ मिलिलिटर पानी पर्नु पर्छ । अहिलेसम्म यसको ३५ प्रतिशत मात्रै वर्षा भएको मौसमविद्ले बताएका छन् ।
यसपालिको मनसुन गएको जेठ ३१ गते भित्रिएको थियो । मनसुन भित्रनासाथ पूर्वी पहाडी क्षेत्रमा ठूलो वर्षा भए पनि पश्चिमी क्षेत्रमा झण्डै १० दिन ढिलो गरी सक्रिय भएको थियो ।
मौसमविद् प्रतिभा मानन्धरका अनुसार यसपालि अहिलेसम्म पहाडी क्षेत्रमा औसतभन्दा बढी नै वर्षा भएको छ ।यस्तै, पूर्वी तराईमा औसत पानी परेको छ भने पश्चिम र मध्य तराईमा औसतभन्दा कम पानी परेको छ।
पश्चिम र मध्य तराईमा अहिले पनि खासै पानी पर्न सकेको छैन । यसले गर्दा धान रोपाइँ प्रभावित भएको छ ।अहिलेसम्म जनकपुरमा सबैभन्दा कम वर्षा भएको छ । जनकपुरमा यसअघिका मनसुनमा पनि कम पानी पर्ने गरेको मौसमविद् मानन्धरले बताउनुभयो ।
तर, यसको कारणबारे अध्ययन भएको छैन । जुन, जुलाई, अगस्ट र सेप्टेम्बर चार महिनालाई मनसुनको अवधि मानिन्छ ।जुन महिना सकिसकेको छ । आज जुलाईको १९ तारिख हो । यसबीचमा देशभर ३५ प्रतिशत पानी परेको छ ।
अझै पानी पर्ने अवधि कायमै रहेकाले औसत अनुसार पानी पर्ने नपर्ने विषयमा अहिले नै भन्न नसकिने मौसमविद् मानन्धरको भनाइ छ ।
यसअघि जल तथा मौसम विज्ञान विभागले यसपालि मनसुनमा औसतभन्दा कम पानी पर्ने अध्ययन सार्वजनिक गरेको थियो । यस्तै, आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । आज ठूलो पानी पर्ने सम्भावना खासै नरहेको मौसमविद्ले बताएका छन् ।

Advertisement

बुधबार, साउन ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.