चितवन, २२ साउन ।
नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिमा चितवनबाट २० जना सदस्यहरु मनोनित भएका छन । कार्यसमितिमा देशभरबाट ७ सय १० जना सदस्य मनोनित भएका हुन् । चितवनबाट ठूलो संख्यामा केन्द्रीय समितिमा मनोनित भएका छन् । दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यहरुलाई पार्टी सभापति शेरबहादुर देउवाले मनोनयन गरेका थिए ।
नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समितिमा चितवनका अष्भिनी न्यौपाने, मुकेश सापकोटा, बुद्धि विश्वकर्मा, कृति केसी, मन्दिप पोखरेल, रिता भट्टराई, विकास भुषाल, सजना पौडेल, कबिर श्रेष्ठ, डा. वीरेन्द्र तिमिल्सिना, प्रिया गुरुङ, शरण बस्नेत, राजन दाहाल, विजय मल्ल, सुरेश परियार, इन्जिनियर गणेश रिजाल, कल्याण अर्याल, वसन्त गैरे, सुवास कोइराला र अमृत आचार्य मनोनित भएका छन् । नेविसंघको केन्द्रीय समितिमा चितवनबाट सो संख्यामा सदस्य मनोनित भएको यो पहिलो पटक हो ।
देशभरबाट मनोनीत भएका सदस्यको नामावली यस प्रकार छ :