• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

भरतपुर–२३ को मिसन सुरु, २३ दिन २३ ठाँउ

  •   शनिबार, असोज ०६, २०८० मा प्रकाशित

भरतपुर : वडालाई सरसफाईमा नमूना बनाउन भरतपुर महानगरपालिका वडा नम्बर २३ ले मिसन २३ अभियान सुरु गरेको छ । वडाको हरेक टोलमा सरसफाइ तथा स्वास्थ्य सचेतनासम्बन्धी मिसन–२३ अभियान सुरु गरेको हो । वडा भित्रको २३ टोल सुधारमा २३ दिन लगातार सरसफाइृको काम हुदैछ । हरेक दिन तीन घण्टा टोल सुधारलाई सहभागी गराएर समदायमा जारण सहित सरसफाईको अभियान थालनी गरिएको हो ।

Advertisement

अभियानको बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले फोहोर टिपेर अभियानको थालनी गरेका थिए । मन्त्री जोशीले समुदाय गम्भिर नहुँदा सरसफाईको अवस्था विकराल भएको बताए । ‘ ब्यक्ति ब्यक्ति स्वयं नलागे सरसफाइृ हुँदैन , ’ उनले भने , ‘ अरुको मुख ताकेर होइन पहिला आफौट सुरु गरौ । त्यसको लागी मिसन २३ ले सबै वडालाई उदाहरण दिएको छ । ’

भरतपुर भ्रमण वर्षलाई लक्षित गरिएको छ । संरक्षण र वातावरण जोगाउन अभियान थालिएको भरतपुर–२३ का वडा अध्यक्ष दीपक दवाडीले बताए । अभियान अन्र्तगत फोहोरको उचित व्यवस्थापन गर्नेलाई पुरस्कृत गरिने छ । भने फोहोर ब्यवस्थापनमा लापरवाही गर्नेलाई जरिवानाको ब्यवस्था गरिएको वडाध्यक्ष दवाडीले बताए । ‘ वातावरण सफा नहुँदा पर्यटन , संरक्षण र संस्कृति नै संकटमा पर्दै गयो । त्यसैले यो अभियान समुदायमा केन्द्रीत अभियान सुरु गरेका हौ । ’ उनले भने , ‘ हामी २३ दिनमा वडाभरीका २३ वटा टोलसुधारको घरघरमा पुग्दैछौ । ’
अभियान अन्र्तगत कुहिने फोहोरलाई घरमै मल बनाउन लगाइने छ । वडाबाट सकेसम्म कम फोहोर मात्रै ल्याण्डफिल्ड साइडमा पठाउन कोशिष गरिएको हो । सार्वजनिक स्थानमा फोहोर फाल्न नदिने योजना छ ।

भरतपुर महानगरले भ्रमण वर्ष–२०२४ मनाउने तयारी गरिरहेका बेलासरसफाइ तथा स्वास्थ्य सचेतना कार्यक्रम गरिएको हो । ‘बढीभन्दा बढी जनसहभागितामा हुने कार्यक्रममा फोहोरको उचित व्यवस्थापन गर्न सिकाइने छ’, उनले भने, ‘राप्ती नदीमा फालिने प्लास्टिकजन्य फोहोरले प्रकृतिमा असर पुगिरहेको छ । कुहिने फोहोर पनि महानगरको गाडीमा हालिरहेको अवस्था छ । यस्ता कामलाई रोक्न मिसन–२३ अभियान सुरू गरेका हौ । ’कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष विष्णुराज महतोले सबै वडाले सरसफाइृको अभियानलाई मिसनका रुपमा गर्नपर्ने बताए।

राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानको सहकार्यमा प्रत्येक टोलमा पुगेर सचेतना वृद्धि गरिने छ । वडामा ाँ २० वटा टोल विकास संस्था, छवटा विद्यालय र तीनवटा सामुदायिक वन छन् । टोल विकास संस्था, विद्यालय र सामुदायिक वनलाई सरसफाइ गर्ने दिन छुट्टयाइएको छ ।वडा सदस्य विनु दराईको संयोजकत्वमा मूल्याङ्कन समिति गठन गरिएको छ । उक्त समितिले फोहोरको उचित व्यवस्थापन गर्ने उत्कृष्ट व्यक्तिको पहिचान गर्नेछ । उत्कृष्ट व्यक्तिलाई पुरस्कृत गरिने दराईले बताइन् ।राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानका संयोजक अपिल घिमिरेले मानववस्तिको फोहोर वन क्षेत्रमा पुग्दा वन्यजन्तुमा असर परेको बताउँदै सचेतनाको लागी आग्रह गरे ।

शनिबार, असोज ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.