चितवन : चितवन अटोमोवाइल्स एसोसिएसनको अध्यक्षमा कुल बहादुर क्षेत्री ( राजु ) निर्वाचित भएका छन् । एसोसिएसनको २२ औ वार्षिक साधरणसभा तथा १२ औ अधिबेशनले कुलबहादुरको नेतृत्वमा समिती निर्वाचित गरेको हो । १९ सदस्यीय कार्यसमितिमा १६ जना निर्वाचित भएका छन । दुई जना सदस्य मनोनीत हुनेछन् ।
शनिवार भएको निर्वाचनमा क्षेत्री ३८ मतको फरकले बिजयी भएका हुन् । कुल खसेको २८१ मतमा क्षेत्रीले एक सय ५७ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी दिपमणी पाठकले एक सय १९ मत ल्याएका थिए ।
निर्वाचनले मिश्रित परिणाम ल्याएको छ प्रथम उपाध्यक्षमा क्षेत्री प्यानलका राजेन्द्र भट्टराई निर्वाचित भएका छन । भट्टराईले १५१ मत ल्याए भने उनका प्रतिस्पर्धी भिम प्रसाद सुवेदीले १२१ मत ल्याए ।
द्वितीय उपाध्यक्षमा भने पाठक प्यानलका प्रशान्त पौडेल बिजयी भए । उनले एक सय ४७ मत ल्याए भने उनका प्रतिद्वन्दी जित ब. सेढाई (विष्णु) ले ११२ मत पाए । तृतीय उपाध्यक्ष क्षेत्रगत रुपमा टाडी पर्सा क्षेत्रका देबि प्रसाद बराल निर्बिरोध निर्वाचित भएका थिए ।बराल क्षेत्री प्यानलका हुन् ।
सचिवमा पाठक प्यानलका मोहन केसी कोषाध्यक्षमा क्षेत्री प्यानलका रामशरण भट्टराई , सहसचिवमा क्षेत्री प्यानलकै अबिनाश श्रेष्ठ , सहकोषाध्यक्षमा क्षेत्री प्यानलकै विवस पिया निर्वाचित भए । त्यस्तै सदस्यमा बसन्त देवकोटा , सुस्मिता शाह , दिपक प्रसाद कंडेल , जोगेन्द्र प्रधान , किरण सापकोटा र हिमासुं जोशी निर्वाचित भए । बिधानको प्रावधान अनुसार रस्किन अधिकारी र चिरञ्जीवी अर्याल टाडी पर्सा क्षेत्रबाट सदस्यमा निर्वाचित भएका छन ।