काठमाडौं : नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुङ्गेल निर्वाचित भएका छन् । शुक्रवार राती आएको मत परिणाम अनुसार ढुङ्गेलले ६९६ मत ल्याएर विजयी भएका हुने भने उनका प्रतिद्वन्द्वी कृष्ण दाहालले ४३९ मत ल्याएका हुन् । ढुंगेल एमालेका केन्द्रिय सदस्य एवं बाग्मती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री हुन् ।
यसैगरी उपाध्यक्षमा दावादोर्जे लामा विजयी भएका छन् । यस्तै सचिव पदमा नवराज सिलवालले १ मतले विजयी भएका छन् । सिलवालले ५६८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी हस्त पण्डित ५६७ मत ल्याएका हुन् । उपमहासचिवमा प्रेम कुमार महर्जन ५९९ र भक्त कुमारी लामा ५३६ मत लिएर विजयी भए । शुक्रवार दिउँसोबाट सुरु भएको मतदानमा बेलुकासम्म भएको थियो । ११७२ जना मतदातामध्ये ११२६ जनाले मतदान गरेका थिए । ४१ जना मात्रै मतदानमा सहभागी भएनन् । बागमतीमा १ हजार १६४ जना प्रतिनिधि छन्। २४५ पदमध्ये १६२ पदमा निर्विरोध निर्वाचित भएको थियो ।
पदाधिकारीसहित ८३ र लेखा आयोग ७ पदमा निर्वाचन भएको हो ।