भरतपुर, २४ पुस । उद्योग वाणिज्य संघ चितवनमा वाणिज्यतर्फ ६ जना सदस्य निर्वाचित भएका छन् । सोमबार राति भएको मतगणनामा सात जना उम्मेदवारबाट ६ जना विजयी भएका छन् । प्रमुख निर्वाचन अधिकृत राजकुमार श्रेष्ठका अनुसार गुणराज पौडेल सर्वाधिक मतका साथ विजयी भएका छन् । जम्मा खसेको मत २४१४ मध्ये पौडेलले सर्वाधिक १९६१ ल्याएका छन् । त्यस्तै श्रीकृष्ण लम्साल १८८३ मतका साथ दोस्रो स्थानमा विजयी भए । त्यस्तै दीपा शाही (१८४१ मत ), सन्तोषजनक भुसाल ( १७८२ ), दाताराम घिमिरे ( १७३४ मत ) र सुनिता लिगल कर्माचार्य (१७२१ मत )का साथ विजयी भएका छन् । सात जना उम्मेदवार मध्ये कृष्णबहादुर केसी पराजित भए ।उनले १५१६ मत मात्रै ल्याए । विजयी मध्ये घिमिरेले कुनै पनि प्यानलमा नपरी जितेका हुन् ।
Advertisement