• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

जसले भानु माविमा संक्रमणकालको नेतृत्व गरे

  •   सोमबार, माघ १५, २०८० मा प्रकाशित

चितवन, माघ १५ ।

Advertisement

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकको द्वन्द्वले आदिकवि भानुभक्त माध्यमिक विद्यालय अस्तव्यस्त थियो । राजनैतिक आस्थाका कारण उब्जिएको प्रतिशोधले विद्यालयमा धेरै पटक तालाबन्दी समेत गरायो ।

विद्यालयभित्रको राजनैतिक किचलोले सिर्जना गरेको संकटकालको खतरा सम्हाल्ने जिम्मेवारी त्यसैबेला प्रधानाध्यापक डम्बर बहादुर शाहीले पाए । अस्तव्यस्त विद्यालयलाई सुधार्ने अठोट लिएका शाहीले विद्यालयको माहोल परिवर्तन गरेरै पनि छाडे । संकटग्रस्त अवस्थामा विद्यालयको नेतृत्व गरेर उनले विद्यालयलाई नयाँ शैक्षिक गति दिए ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गोपाल कुँवर र तत्कालीन प्रधानाध्यापक विष्णु सापकोटाबीचको विवादले विद्यालयको माहोल प्रभावित बनेको थियो । उनीहरूको पक्षविपक्षमा राजनैतिक दल निकटका जिल्लाका विद्यार्थी संगठनले पटकपटक तालाबन्दी गरेका थिए ।

तालाबन्दी गर्ने परिपाटीको पहिलो पटक सामना गर्न पुगेका शाहीले तालाबन्दी गर्ने चलनलाई सधैंका लागि बन्द नै गरिदिए । विद्यालयका विद्यार्थीले पनि ताला काटेर शाहीलाई साथ दिएका थिए । सो क्रममा उनले शिक्षक र कर्मचारीको साथ लिएर विद्यालय सुधारको अभियान समेत चलाए । विद्यालयभित्र राजनैतिक दबाब र प्रभावको दबदबा रहेका बेला उनले आफ्नो क्षमताले अवस्थालाई सामान्य बनाए । उनले संक्रमणकालीन अवस्थामा नेतृत्व लिएर विद्यालयलाई निकास दिए ।

शाहीलाई वडाध्यक्ष केशव महर्जनले साथ दिएका दिए । वडाभित्र गहनाको रूपमा चिनिएको विद्यालयको गरिमा खस्किँन नदिन महर्जनले हरेक काममा हौसला दिएका थिए । “अहिले विद्यालयको शैक्षिक कार्यक्रम निर्वाध रूपमा अगाडि बढेको छ । शिक्षक, कर्मचारी र अभिभावकले सहयोग गरे”, शाहीले भने, “सामुदायिक विद्यालयमा अरुले समस्या देख्छन् तर म अवसर देख्छु । मैले जागिर होइन, आफ्नो जिम्मेवारीलाई कर्तव्य ठानेर काम गरेको हुँ ।”

त्यसो त शाहीलाई दिइएको जिम्मेवारीमा पटकपटक अवरोध भएको थियो । विद्यालयको अवस्था खस्किँन थालेपछि २०७९ वैशाख ९ गते शाहीलाई विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापकको जिम्मेवारी दिएको थियो । समितिको निर्णयलाई रोकेर भरतपुर महानगरपालिकाले फेरि भदौ २९ मा शाहीलाई नै प्रधानाध्यापकको जिम्मेवारी सुम्पिएकाृे थियो ।

व्यवस्थापन समितिको निर्णयविरुद्ध अघिल्ला प्रधानाध्यापक विष्णु सापकोटाले पाटन उच्च अदालत हेटौँडामा रिट दायर गरेका थिए । मंसिर १४ गते सापकोटाको रिट खारेज भएपछि मात्रै शाहीले काम गर्न पाएका थिए ।

“मेरो एक मात्र नारा विद्यालय बन्द सधैंका लागि बन्द भन्ने थियो । विद्यालर्थीले नै ताला काटेर सहयोग गरे”, शाहीले भने, “माग पूरा गराउन अरु उपाय गर्ने तर तालाबन्दी नगर्ने भन्ने थियो । सबैले सहयोग गरेपछि अहिले विद्यालयमा तालाबन्दी हुन छाडेको छ ।”

संक्रमणकालीन अवस्थामा कुशलतापूर्वक नेतृत्व गरेका शाहीले प्रधानाध्यापकको जिम्मेवारी हालै मात्र रामजी अधिकारीलाई सुम्पिए । योग्यता हुँदाहुँदै पनि शाहीले विद्यालयको शैक्षिक उचाइ बढाउन अधिकारीलाई विद्यालयमा ल्याउन भूमिका निर्वाह गरेका हुन् । उनले विज्ञापन प्रकाशन गरी आफूभन्दा वरिष्ठ शिक्षक अधिकारीलाई ल्याउन पहल गरेका थिए । शाहीले सोमबार अधिकारीलाई आफ्नो जिम्मेवारी सुम्पिएका हुन् ।

उनी २०६३ सालदेखि शिक्षण पेशामा आबद्ध छन् । उनले शिक्षा सेवा आयोगबाट स्थायी दरबन्दीमा नाम निकालेपछि २०७१ सालमा गोरखाबाट सेवा सुरु गरेका थिए । भानु माविमा शाहीले २०७५ साल चैत्र १ गते सेवा थालेका हुन् । उनले ए श्रेणीका विद्यालय काठमाडौंको बागबजारस्थित रोयल पब्लिक स्कुल र शंखमुलको ज्ञान निकेतनमा पनि अध्यापन गरेका थिए ।

शाहीले विद्यालय सबल रहेको भौतिक र शैक्षिक गतिलाई नयाँ बाटोमा डोर्‍याएका छन् ।

हार्दिक बधाई 🎉🎊 आदिकवि भानुभक्त मा.बि.नारायणघाटमा प्र.अ. रामजी प्रसाद अधिकारी र…

Posted by Keshab Maharjan on Monday, January 29, 2024

सोमबार, माघ १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.