• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

कार्यकर्ता सुनाउने, नेता सुन्ने

  •   सोमबार, माघ २२, २०८० मा प्रकाशित

चितवन, २१ माघ ।

Advertisement

पार्टीले भाषण सुनाउने तर गुनासो नसुन्ने परिपाटीबाट आजित बनेका काँग्रेसी कार्यकर्ता यो पटक दंग परे । यसअघि नेताले मञ्चमा बोल्ने अनि कार्यकर्ता तल बसेर ताली बजाउने चलन थियो ।

यसपटक त्यसो भएन । कार्यकर्ताले नेताकै अगाडि बसेर आफ्ना कुरा निर्धक्क राख्न पाए । पार्टीका नेताको भाषण सुनेनन् । बरु आफ्ना मनका कुरा पोखे । अरु बेला घण्टौँ कुरेर भाषण सुन्ने कार्यकर्ताले यसपटक आफ्नो कुरा नेतालाई सुनाए ।

पार्टीभित्रको आन्तरिक कलहले कार्यकर्तामा थुप्रिएको वितृष्णा र आक्रोश यस पटक उजागर भयो । महामन्त्री गगनकुमार थापासामु उनीहरूले मनभित्र गुम्सिएका पीडा पोखे । पार्टीमा भएको अन्तरघात र जनतासँग पूरा नगरिएका बाचाका बारेमा कार्यकर्ताले कड्किएर कुरा राखे ।

भरतपुर महानगरपालिका वडा नं २६ का वडा पार्टी सभापति पुरुषोत्तमकमल ढकालले पार्टीको नेतृत्व तहमा मिलाप गर्न आग्रह गरे । “हामी भुइँमा मरेर काम गर्छौं । केन्द्रमा नेताहरू झगडा गर्दै मरेर पार्टी सिध्याउन लागेका छन् । नेताहरू मिल्नु प¥यो,” उनले भने, “विकासका काममा सुस्ताउँदा जनतामाझ जान गाह्रो भएको छ । जनताले विश्वास गर्न लायकको बन्नुप¥यो । खाली गठबन्धन गरेर मात्रै अरुको भरमा कहिलेसमम चुनाव लड्ने ?”

नागरिक संवादका क्रममा महामन्त्री थापा कार्यकर्ताका कुरा सुनेर समस्या टिपोट गर्थे । पार्टीका गतिविधि र विकासे कामको विषयमा भएका समस्या सुनेर नोटमा टिप्थे । जनतासँग प्रत्यक्ष भेटेर उनले कार्यकर्तालाई नआत्तिन आग्रह पनि गरे ।

थापाले मनलाई शुद्ध बनाउन जिल्लाका सबै नेता र कार्यकर्तासँग आग्रह गरे । पार्टीभित्रको अन्तरद्वन्द्वले संगठन कमजोर बन्दै गएकोप्रति थापाले पनि सहमति व्यक्त गरे । तल्लो तहदेखिका सबै कार्यकर्ता र नेताले पार्टी जोगाउन सजग हुनुपर्ने राय उनले व्यक्त गरे ।

“हामी जमिनबाट उठ्दै–उठ्दै आएको दल हौ । तलैबाट जाऔं भनेर आएका हौ”, महामन्त्री थापाले भने, “सबैसँग संवाद भयो । सबैका कुरा सुन्यौं । यहाँ आएका गुनासोलाई महासमितिको बैठकमा पेश हुने दस्ताबेजमा लेख्न आधार हुन्छ ।”

संवाद यात्राको क्रममा कार्यकर्ताहरू गठबन्धनसँग सन्तुष्ट नरहेको देखिएको उनले बताए । “गठबन्धनलाई गलत नभनेको एउटा कार्यक्रम पनि भेटिएन”, उनले भने, “हामीले दस्तावेजमा के भन्न सक्छौं भने पार्टीको धारणा यो हो भनेर भन्न सक्छौं । पार्टीलाई जोडिएर आएका कुरालाई महासमितिमा लैजान सहज भएको छ ।”

महामन्त्री थापाले सरकारमा रहेको कारण पनि बजेट निर्माण र योजनाबारे पनि छलफल गरेका थिए । स्थानीय स्तरमा भएका विकास निर्माणका समस्याबारे पनि जानकारी लिएका थिए । “हामी सरकारमा छौं । अब हामीले बजेट बनाउँदै छौं”, महामन्त्री थापाले थपे, “नयाँ कुरा केही होइन । समस्या पुरानै हुन् । तर यसपटक काम गर्ने सोचका साथ जानकारी लिएर काठमाडौं फर्कदै छौं ।”

उनी हुलाकी राजमार्गको हुँदै पर्साको ठोरीबाट शनिबार चितवन आएका थिए । हुलाकी सडकखण्डको अवस्थाको अवलोकन गर्दै उनले माडी, जगतपुर, पटिहानी, गीतानगर, नारायणघाटमा कार्यकर्तासँग भेटघाट गरेका थिए ।

भरतपुरमा कार्यकर्तासँगको भेटघाटपछि उनी संसदको बैठकका लागि काठमाडौं फर्किएका छन् । संसद बैठक सकेपछि नारायणघाटबाट नवलपुर हुँदै यात्रा अघि बढाउने थापाले बताए ।

यात्राको क्रममा थापालाई स्थानीय समस्या, पूर्वाधारका समस्या, मिटरब्याजी, सहकारीको ठगी, लगायतका समस्याका बारे नागरिकले ध्यानाकर्षण गराएका थिए ।

“काठमाडौंमा बसेर सुनेको भन्दा कसरी ठगिएका छन् भन्ने प्रत्यक्ष पीडा सुन्न पायौं”, उनले भने, “संवाद यात्राले काँग्रेसको भावी योजना बनाउन ठूलो मद्दत पुग्छ भन्ने विश्वास लागेको छ ।”

काँग्रेस नेता प्रा.डा सूर्यकान्त घिमिरेले महामन्त्री थापाको अभियानले पार्टीलाई जनतामाझ पुग्न प्रभावकारी हुने बताए । “ग्रामीण भेगका नागरिकसँग प्रत्यक्ष सम्पर्क गर्दा संवादबाट कानूनी हिसाबले भएका अड्चन र विकास निर्माणमा भएका कमजोरीको विषयमा समस्या पत्ता लगाउन सजिलो हुन्छ”, घिमिरेले भने, “यसलाई राम्रोसँग सम्पन्न गर्न सकेको खण्डमा काँग्रेसमा थारै भएपनि रक्तसञ्चारको काम हुन्छ भन्ने लागेको छ ।”

चितवन बसाइमा थापाले नवलपरासी पूर्वका नेता र कार्यकर्तासँग पनि भेटघाट गरेका थिए । नागरिकसँगै कार्यकर्ताले गुनासो राखेको पार्टीका सचिव ध्र्रुव पोखरेलले बताए । “पार्टीका नेतासँगको प्रत्यक्ष भेटघाटले कार्यकर्तामा उत्साह भएको देखियो”, पोखरेलले भने । थापाले मंगलवार बुटवलबाट यात्रा सुचारु गर्ने पार्टीका महासमिति सदस्य राजकुमार राजभण्डारीले बताए ।

सोमबार, माघ २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.