• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
आइतबार, फागुन १७, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

क्रिकेट रंगशाला निर्माणमा वागमती प्रदेशको चासो

"बजेट सुनिश्चितता गर्ने अर्थमन्त्रीको आश्वासन "
  •   सोमबार, माघ २२, २०८० मा प्रकाशित

चितवन , माघ २२ ।

Advertisement

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अघि बढाउन वागमती प्रदेश सरकारले चासो देखाएको छ । रंगशाला निर्माणका लागि प्रदेश सरकारले बजेट सुनिश्चित गर्ने भएको हो । वागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीसँगै रंगशालाको स्थलगत निरीक्षण गरेपश्चात् आर्थिक मामिला मन्त्री बहादुर सिंह लामाले बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनका अनुसार प्रदेश सरकारले ७० प्रतिशत बजेट सहयोग गर्नेछ । अलपत्र परेको रंगशालाको निरीक्षण गरेपछि उनले निर्माण प्रक्रिया पूरा गर्न प्रदेश सरकार सकारात्मक रहेको बताए । उनले भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई रंगशालामा बजेट पार्ने विश्वास पनि दिलाएका छन् ।

“देशकै गौरवको आयोजना (वाग्मती) प्रदेशमा छ । यसलाई पूरा गर्नु सबैको दायित्व हो”, लामाले भने, “रंगशाला निर्माणमा प्रदेश सरकारको चासो छ । हामी बजेट सुनिश्चितता गरेरै अघि बढ्छौ । ढुक्क हुनुस् ।”

स्वास्थ्य मन्त्री जोशीले रंगशाला निर्माणको लागि अर्थमन्त्रीलाई आग्रह गरेका थिए । गृह जिल्लामा भएको परियोजनाका लागि आफूले प्रदेश सरकारमा पहल गरेको मन्त्री जोशीले बताए ।

“रंगशाला निर्माणमा चासो मात्रै होइन सक्रियता पनि उत्तिकै छ । मुख्यमन्त्री नै यसमा सकारात्मक हुनुहुन्छ”, मन्त्री जोशीले भने, “यसपटक बजेटबाटै सम्बोधन हुने निश्चित छ ।”

महानगरपालिका प्रमुख रेनु दाहालले रंगशालाको भौतिक र आर्थिक अवस्थाबारे जानकारी गराएकी थिइन् । उनले बजेटको व्यवस्था भए अन्रर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणले गति लिने बताइन् ।

“समग्र मुलुकको गौरवको आयोजना बजेटकै कारण रोकिएको हो । यसलाई पूरा गर्न प्रदेश सरकारसँग हामीले ठूलो आशा गरेका छौं”, दाहालले भनिन्, “मन्त्रीज्यूबाट सकारात्मक आश्वासन पाएका छौं । आशा छ रंगशालामा प्रदेश सरकारले राम्रो निर्णय गर्नेछ ।”

उपप्रमुख चित्रसेन अधिकारीले पनि रंगशाला निर्माणमा पाएको आश्वासनले आशा जगाएको बताए । मन्त्री लामासँगै नेपाली काँग्रेसका केन्द्रीय सदस्य टेक प्रसाद गुरुङ, वाग्मती प्रदेश सभा सदस्य गीता गुरुङ र माया श्रेष्ठ, भरतपुर महानगरपालिका १५ का वडा अध्यक्ष श्रीकृष्ण देवकोटा पनि रंगशाला पुगेका थिए ।

सोमबार, माघ २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.