• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

विश्वकप लिग २ क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध नेपालको ९ विकेटको जित

  •   शनिबार, फागुन ०५, २०८० मा प्रकाशित

काठमाडौँ — ९ विकेटको विजय हात पार्दै नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको छ । विरुद्ध विश्वकप लिग २ क्रिकेटमा नेपालले शनिबार १ सय ३८ रनको लक्ष्य १५.२ ओभरमै १ सय ४१ रन बनायो । नोभेम्बरमा भारतमा सम्पन्न विश्वकपपछि एकदिववसीय क्रिकेटमा पहिलो खेल खेलिरहेको नेदरल्यान्ड्सलाई नेपालले कुनै मौका नै दिएन ।
कुशल भुर्तेलले आक्रामक इनिङ्स खेल्दै नेपालको सुरुआत गरेका थिए । उनले ११ बल खेली २ चौका र ३ छक्का प्रहार गरि २८ रन बनाएका थिए । त्यसपछि आसिफ शेख र अनिल साहले ठूलो शटहरू खेलेपछि नेपालले १० ओभरमा १ सय रन जोडेर उत्कृष्ट सुरुआत गरेको थियो ।

Advertisement

आसिफ र अनिलले दोस्रो विकेटमा १ सय ५ रनको साझेदारी गरे । अनिलले आर्यन दत्तको बलमा छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका थिए । उनले २९ बलमै अर्धशतक पूरा गरेका थिए । पछिल्ला चार खेलमा उनले तेस्रो पटक ५० रनमाथिको स्कोर बनाएका हुन् ।

अनिल ५७ र आसिफ ५४ रन बनाई क्रिजमा रहे । अनिलले कुल ३६ बल खेली ६ चौका र ४ छक्का तथा आसिफले ४५ बल खेली ८ चौका र १ छक्का प्रहार गरे । नेपालको आक्रामक ब्याटिङपछि नेदरल्यान्ड्सका अफ स्पिनर दत्तले ३ ओभरमा ४४ रन खर्चन पुगेका थिए ।

यसअघि नेपालले टस जितेपछि उत्कृष्ट बलिङ र फिल्डिङ गर्दै ब्याटिङको निम्ता दिएको नेदरल्यान्ड्सलाई ३९ ओभरमा १ सय ३७ रनमा अलआउट गरेको थियो । कुशलले भुर्तेलले सानदार बलिङ गर्दै नेदरल्यान्ड्सलाई सानो स्कोरमा रोक्न भूमिका खेले ।त्रिवि क्रिकेट मैदानमा नेपाल पहिलो ओभरबाटै खेलमा हाबी भएको थियो । सोमपाल कामीले पहिलो ओभरमै डेब्यु गरिरहेका माइकल लेभिटलाई थर्डमा देव खनालबाट क्याच गराई नेपाललाई सानदार सुरुआत दिलाएका थिए ।

एक छक्का प्रहार गरेका म्याक्स ओ डड १० रन बनाई रन आउट भए । साइब्रान्ड इन्जेलब्रेट र बास डी लेडले तेस्रो विकेटमा ३८ रनको साझेदारी गरे । ललित राजवंशीले इन्जेलब्रेटलाई २३ रनमा आउट गरी यो साझेदारी तोडेका थिए । उनले ५३ बल खेल्दै ३ चौका प्रहार गरे ।

लेडले ४४ बल खेली ३ चौका र १ छक्का प्रहार गर्दै २७ रन बनाए । उनलाई ललितले उत्कृष्ट बलमा बोल्ड गरेका थिए । नोह क्रोस १२ रन बनाई रनआउट भए । कुशल मल्लले आफ्नै बलिङमा फ्लो थ्रोमा नियन्त्रण गर्न खोजेको बल स्टम्पमा लागेपछि क्रोस आउट भएका थिए ।

कुशल भुर्तेलले आफ्नो पहिलो ओभरमै वेस्ली वारेसीलाई शून्यमा आउट गरी नेपालको दबदबालाई कायम राखे । कप्तान रोहित पौडेलले सरिज अहमदलाई १ रनमा बोल्ड गरी खेलमा नेपालको दबदबा कायम राखे । भुर्तेलले आर्यन दत्तलाई १० रनमा आउट गरे । भुर्तेलले अर्को महत्त्वपूर्ण विकेट लिनेक्रममा कप्तान स्कट इडवार्डसलाई एलबीडब्लू आउट गरे । इडवार्डसले ४९ बल खेली १ चौका प्रहार गरी ३३ रन बनाए ।

भिभिएन किङमालाई २ रनमा आउट गरी उनले चौथो विकेट लिए । आफ्नो ५० औं एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेका भुर्तेलले ७ ओभरमा २० रनमात्र खर्चेका थिए । यसअघिका खेलहरूमा उनको नाममा ४ विकेटमात्र थियो । ललितले २ विकेट लिनेक्रममा १० ओभरमा ३२ रन खर्चे ।

नेपाल बिहीबार नामिबियाविरुद्ध पहिलो खेलमा अप्रत्याशित रूपमा ४ विकेटले पराजित भएको थियो । नामिबियाले टस जितेपछि ब्याटिङका लागि आएको नेपाल १ सय ३२ रनमा अलआउट भएको थियो । त्यही भएर नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो ।

नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी फर्किएका छन् । इन्टरनेसनल लिग ट्वान्टी(२० मा गल्फ जायन्ट्सबाट सहभागी हुन दुबई जाँदा दीपेन्द्रले नामिबियासँगको खेल गुमाएका थिए । दीपेन्द्रलाई पवन सर्राफको स्थानमा ल्याइएको छ । त्यस्तै देव खनाललाई करण केसीको स्थानमा खेलाइएको छ ।

शनिबार, फागुन ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.