भरतपुर : भरतपुर महानगरपालिका ११ मा रहेको सिद्धिविनायक मावि जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि जितेको छ । भरतपुर–५ गुलाफबाग स्थित भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालयको ३५औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा सहभागी ३४ विद्यालय मध्ये सिद्धिविनायक पहिलो भएको हो ।
प्रतियोगितामा भरतपुर–१२ को ग्रीनल्याण्ड पब्लिक आवासीय मावि दोस्रो , भरतपुर–१० को अर्किड इङ्ग्लिस स्कुल तेस्रो भएको छ । भरतपुर–७ को सनराइनज इङ्ग्लिस स्कुलले सान्त्वना पुरस्कार पाएको छ ।
भरतपुर–५ का वडाध्यक्ष युद्धप्रसाद श्रेष्ठ प्रमुख आतथ्यता र भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजुप्रसाद श्रेष्ठको अध्यक्षताममा कार्यक्रम भएको हो । विद्यालयले फागुन ७ गते विविध कार्यक्रम गर्दै आफ्नो ३५औँ वार्षिकोत्सव कार्यक्रम मनाउन लागिएको त विद्यालयका प्रधानाध्यापक राजेन्द्रप्रसाद चालिसेले बताए ।
जिल्लास्तरीय लोक नृत्यको उपाधि सिद्धिविनायकलाई
जिल्लास्तरीय लोक नृत्यको उपाधि सिद्धिविनायकलाई

Advertisement