बुटवल । क्याम्पसमा राखिएको स्वागतको बोर्डको विषयलाइृ लिएर नेपाल विद्यार्थी संघ र अखिल छैठौले बुटवल बहुमुखी क्याम्पसको प्रमुखको कुर्चि रुखमा झुण्डाइएका छन् । अनेरास्ववियूले गेटमा राखेको स्वागत बोर्डको विषयमा विरोध जनाउँदै क्याम्पस प्रमुख डा.खिमानन्द न्यौपानेको कार्यकक्षको कुर्सी रुखमा झुण्डाएर विरोध गरेका हुन् । प्रमुखले अनुमति दिएर गेटमा स्वागत बोर्ड राखिएको आरोप आन्दोलनरत संगठनको छ । उनीहरुले क्याम्पस प्रमुखको समेत राजीनामा पनि मागेका छन् । त्यसपछि क्याम्पस प्रशासन र विद्यार्थी संगठनविच भएको छलफलमा अखिलको स्वागत बोर्ड हटाउने निर्णय भएको नेविसंघले जनाएको छ ।
Advertisement