चितवन । सिँचाईको अभावमा एकबाली मात्र लगाउन बाध्य भएका पश्चिम चितवनका किसान बारै महिना खेती लगाउन पाउने भएपछि खुसी भएका छन् । २ वटा डिप बोरिङ र १८ वटा स्यालो ट्युबवेल संचालनमा आएपछि भरतपुर १७ का कृषक उत्साहीत भएका छन् । सिंचाईको सुविदाले बारै महिना खेती गर्न पाउने बताए । भरतपुर १७ का कृषक सन्त चौधरीले धान, मकै, गहुँ उत्पादन हुदै आएको खेतीमा अब भने तरकारी खेती पनि हुने भएकाले उत्साहित भएको बताए । ‘पहिला एकबाली मात्रै लगाउँथ्यौ , अब त हाम्रो खेतमा संधै पानी हुने भयो , ’ उनले भने , ‘ किसानीमै अडिएको हामी सिंचाई हाम्रो लागी प्राण भएको छ । अब संधै खेती गर्न पाउने भयौ । ’
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विहिवार उद्घाटन गरेकी हुन् । भूमिगत सिँचाई कार्यालयबाट ५० वटा डिप ट्युबवेल, ३३० वटा स्यालो ट्युबवेल र महानगरपालिकाबाट ७०० बढी स्यालो ट्युबवेल राखिसकिएको छ । महानगर प्रमुख दाहालले किसानलाई सिँचाईको सुविदाले खेतीपातीमा सहजता भएको बताइन् । ‘ पहिलाको सुख्खाग्रस्त ठाँउ अहिले हाराभरा भएका छन , भरतपुरमा सञ्चालित भूमिगत र सतह सिँचाईले कृषकको मुहारमा खुसी आएको महशुस गरेको छु , ’ दाहालले भनिन् , ‘ एक बाली हुने ठाँउमा ४ बाली लगाउन थाल्नु भएको छ । वर्षभरी नै भरतपुरलाई सिंचित हुनेगरी काम गरिरहेका छौ । ’ भरतपुरमा भूमिगत सिँचाई, नारायणी लिफ्ट सिँचाई र केरुङगा घोल सिँचाई परियोजना एकै साथ सञ्चालनमा आउँदा प्रशस्त सिँचाई गर्न सकिने दाहालले बताइन् ।
भूमिगत सिँचाई आयोजनाका प्रमुख देवकुमार स्याङ्बोले भूमिगत सिँचाईका कारण भरतपुरको उत्पादनमा वृद्धि भई कृषकले मनग्य आम्दानी गर्न सफल भएको बताए ।
भरतपुरमा भएका ट्युबवेलले कुल ६१२० विघा क्षेत्रफलमा सिँचाई शुो गरेको छ । यस बाहेक नारायणी लिफ्ट सिँचाई आयोजना र केरुङ्गा जल सिँचाई आयोजनामार्फत सिँचाई हुन्छ ।
बोरिङले ल्यायो किसानको खुसी,एकै दिनमा २ डिप बोरिङ र १८ वटा स्यालो ट्युबवेलको उद्घाटन
बोरिङले ल्यायो किसानको खुसी,एकै दिनमा २ डिप बोरिङ र १८ वटा स्यालो ट्युबवेलको उद्घाटन

Advertisement