चितवन, २४ फागुन । सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिप शुक्रबारबाट सुरु हुदैछ । चितवन ११ फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गर्नेछन् ।
भरतपुरमा रहेको नेपाल प्रहरी शिक्षालयको खेलमैदानमा दिउँसो २ बजे हुने उद्घाटन खेलमा हेटौंडा फुटबल एकेडेमी र इमेज बसन्तपुर युनाइटेडबीच हुने क्लबका अध्यक्ष सुशील कार्कीले बताए ।
चितवनका ६ सहित १२ टिम सहभागी छन् । प्रतियोगितामा चैत १० गतेसम्म चल्नेछ । चार समूहमा विभाजन गरि खेलाइएको छ । भरतपुरका चार पर्यटकीय स्थलका नाममा चार पोलको नामाकरण गरिएको छ ।
वियी हुने टिमलाई तीन लाख तीन हजार रुपैयाँ र उपविजेताले एक लाख ५० हजार नगद पाउनेछन् । विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । खेलको माध्यमबाट भ्रमण वर्ष र भरतपुरका पर्यटकीय क्षेत्रको प्रचार हुने अध्यक्ष कार्कीले बताइन् ।