• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बिहिबार, असोज ०९, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

साथीलाई बाई भनेर स्कुलबाट गएका ६ वर्षिय आरुष साँझ जीन्दगीलाई नै वाई गरेर गए

  •   शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित

चितवन– ६ वर्षिय बालक आरुष पौडेल अघिल्लो दिनमा आरुष यही कक्षा कोठामा पढ्दै थिए । स्कुल छुट्टी भएपछि साथीलाई बाई भनेर हिडेका आरुष साँझपख जीन्दगीलाई नै बाई गरेर गए । सोमवार त्यसी गएका आरुषलाई मंगलवार विहान उनका साथीहरुले नदेखेपछि खोज्दै थिए । संगै पढ्ने कुद्ने साथीहरु आरुषलाई पर्खेर बसेका थिए । जब कहिल्यै नफर्कने गरी गएको कुरा थाहा पाए उनीहरु केही स्तब्ध थिए । उनीहरुको भावले प्रष्ट बुझाउँथ्यो । विस्तारै थाहा पाए अनि भन्न थाले ‘ आरुष त भगवानको घरमा गए ’ । आज आरुष आएन भनेर कक्षाका शिक्षकलाई सोध्दै थिए ,’ आरुषकी शिक्षक बेबी रिजालले भनिन् , ‘ उनका साथीहरुले राम्ररी कुरा नबुझे पनि आरुष भगवानको घरमा गयो भने ।’
उसका साथीहरुले घरमा पुगेर आरुषकै कुरा गरिरहेका छन् । आरुष अब आउदैन रे भन्दै परिवारमा कुरा गरेको छन् । धेरै नबोलेपनि आफ्नो कक्षाको मिल्ने साथीको अभाव महसुस गरेका थिए । भावना ब्यक्त गर्न नजानेपनि उनीहरुको अनुहार मलिन मलिन थियो । केबल विद्यार्थी मात्र होई आरुषलाई चिनेका शिक्षकहरु जो हरेक दिन संगै हुन्थे उनीहरुलाई परिवारलाई जस्तै चोट परेको छ ।
आरुष पढ्नमा तेजीलो अनि अन्य कुरामा फुर्तिलो थिए । पाँच वर्ष दश महिना पुगेका थिए । दुर्घटना हुने दिन आरुषले म्यामलाई म नाच्छु भन्दै थिए । उनको पालो भोलिपल्ट भनिएको थियो । तर उनी कहिल्यै ननाच्ने गरी गए । ‘ जाने बेला म्याम म पनि नाच्छु नि , ’ शिक्षक रिजालले आरुषको कुरा स्मरण गर्दै भनिन् , ‘ अन्तिम दिन रहेछ । कहिल्यै नाच्छु नभनेको बालकले आफै नाच्छु भन्दै आएका रहेछन्। ’
सडकमा बग्गी सहित आएको घोडालाई हेर्न सडकमा पुगेका आरुषलाई बसले ठक्कर दिएको हो । ६ वर्षको बच्चा घर छेवैमा चालकको लापरबाहीले ज्यान भयो । भरतपुरको वाल्मीकि वोर्डिङमा मंगलवारदेखी सन्नाटा छाएको छ । आरुष कक्षा केजीमा पढ्थे । ‘ आफ्नो सन्तान झै माया गरेको बच्चाको निधनको खबर पत्याउन पनि सकेकोछैन । बाबुको अनुहार आँखामा झल्झली छ ,’ रसाएका आँखा पुच्दै शिक्षक रिजालले भनिन् , ‘ कक्षा सुनसान छ । सुरुमा त छिर्ने आँट नै आएन । उ चलेको हिडेको मात्रै यादले सताएको छ । ’
वाल्मिकीको प्रि प्राइमरी ब्लकमा कसैको आँखा ओभानो छैन । ‘ सबैको आँखामा आरुष खेलेको , हिडेको झल्को आइरहेको छ , ’ प्राइमरी तहकी इन्चार्ज विष्णु कंडेलले भनिन् , ‘ आकाशको ताराजस्तै थियो त्यो बाबु । लाखौं तारा थिए । त्यहीमध्येको विलाएर गयो भनेर मनले नमानेपनि चित्त बुझाउन परेको छ । ’ एउटा चालकको लापरवाहीले एउटा असर साथी , आमाको ममता खोसिएको छ अनि बुवाको सहारा खोसिएको ’ शिक्ष्क कंडेलले भनिन् ।
गत सोमवार साँझ पौने आठ बजे भरतपुर माच्छापुच्छ्रे चोक नजिक दुर्घटना भएको हो । भरतपुरबाट माडि तर्फ जादै गरेको ना ४ ख ५८१५ नं.को बस मापसे गरेर तिब्र गतिमा हाँकेको बसले ठक्कर दिदा घटनास्थलमा मृत्यु भएको हो । बस र चालक माडी नगरपालिका ८ बस्ने ४१ वर्षिय बिकास सार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ ।

Advertisement

शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.