चितवन– उद्योग बाणिज्य संघ चितवनको सदस्य उपेन्द्र पण्डितले गितानगरको मन्दिरमा शिवलिङ्ग प्रतिस्थापन गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ६ गीतानगर स्थित शिवालय मन्दिरमा १०८ शिवलिङ्ग स्थापना गरेका छन् । सिद्देश्वर शिवालय मन्दिरमा संरचना निर्माण सहित करिब ११ लाख लगानी गरेर शिवलिङ्ग स्थापना गरेका हुन् ।
Advertisement
पिता तोपनाथ पण्डित, आमा पूर्णकला पण्डित, श्रीमती सिता पण्डित सहितको परिवारले विहिबार मन्दिरमा प्राणप्रतिष्ठा गरेका थिए । मन्दिरमा शिवलिङ्ग र मुर्ती आवश्यकता भएको कारण बुबा आमाको इच्छा अनुसार शिवलिङ्ग राखिएको उनले बताए ।
मन्दीर व्यवस्थापन समितिका अध्यक्ष नरहरि कोइरालाले मन्दिरमा शिवलिङ्ग र मुर्ती प्रतिस्थापनबाट भक्तजनलाई सहज भएको बताए । पण्डित नेपाली काँग्रेस भरतपुर महानगर समितिको सहसचिव पनि हुन् ।तस्विर– विचित्र पौडेल