चैत्र ५ चितवन। नेविसंघ चितवनमा हस्तक्षेप गरेको आरोप लगाउँदै चितवनका नेविसंघका नेताले पार्टी नेतृत्वको विरोध गरेका छन् । नेविसंघको विवाद मिलाउनुको सट्टा आफु निकटकालाई बनाउन खोजेको पार्टीको जिल्ला नेतृत्वको चर्को विरोध गरे । मैयाँदेवी कन्या कलेजमा डाकिएको भेलामै नाराबाजी भएको थियो । समाधान गर्न नगरी विवाद मिलाउनको साटो उल्टै विवादीत बनाइएको भन्दै गरिएको नाराबाजीका गरेपछि भेला प्रभावित भउको थियो । जिल्लाबाट प्रतिनिधित्व गरेका नेविसंघका पाँच केन्द्रिय सदस्य सहित कलेजका इकाई सभापतिहरुले विरोध गर्दै ज्ञापनपत्र बुझाएका छन् । यसरी ज्ञापनपत्र बुझाएको यो पाँचौ पटक हो । जिल्ला नेतृत्वले क्षमताको आधारमा नभई एकलौटी गरेर आफुहरुको निकट रहेकालाई जिममेवारी दिन लागेको भन्दै भेला रोकेका हुन् ।
लामो समयदेखीको विवाद मिलाउन जिल्ला समिति असफल बनेको छ । जिल्ला अध्यक्ष राजेश भुषाल वैदेशिक रोजगारीको लागी जापान गएका छन् । उनले कार्यवाहक अध्यक्ष प्रकाश भण्डारीलाई कार्यवाहक दिएपछि एउटा समूह असन्तुष्ट बन्यो । त्यसपछि नेविसंघको विवाद झनै चर्को बन्दै गयो । नेविसंघका केन्द्रीय अध्यक्षले भुषाललाई अध्यक्ष बनाएर नेतृत्व दावी गरेकाहरुलाई केन्द्रीय सदस्य बनाएका थिए । तर नेविसंघमाथी हस्तक्षेप भएको भन्दै एउटा समूह अधिवेशनको माग गर्दै आएको छ । जिल्लाका पदाधिकारी सहितको भेलामा आफु निकटकालाई कार्यवाक तोक्न योजनाबद्ध भेला डाकेको आरोप एक केन्द्रीय सदस्य गणेश रिजालले बताए । मनोमानी ढंगबाट आफ्नालाई कार्यवाहक बनाएर भेलाबाट गरिएको भन्ने बनाउन योजनाबद्ध तरिकामा जिल्ला समिति लागेको उनले बताए । ‘ भेलामा हस्ताक्षर गराएर आफ्नो निकट भएकालाई कार्यवाहक दिएको भन्ने योजना थाहा पाएपछि हामीले विरोध गरेका हौ , ’ रिजालले भने , ‘ पाँच पटक भयो ज्ञापनपत्र बुझाएको । जिल्ला समितिले उल्टै विवाद बनाउने काम गरेको छ । हाम्रो माग अधिवेशन हो । ’
नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ्ग शेर्पाले तीन महिनाको लागी मात्रै अध्यक्ष बनाएको कारण देखाउँदै कार्यवाहक तोक्ने कामको विरोध गरेका हुन् । पार्टी नेतृत्व सानो झुण्डमा रमाएको आरोप लगाएका छन् । काम गरेका सक्रिय रहेका नेविसंघका कार्यकर्तालाई पाखा लगाउने काम गरेको भन्दै उनीहरुले केन्द्रमा समेत बोदार्थ दिएका छन् । केन्द्रीय अध्यक्षले जिल्ला अधिवेशन गराउनका लागी तीन महिनाको समय दिएर बनाएको अध्यक्ष पनि नहुनु र समय पनि सकिएको कारण अधिवेशनको विकल्प नरहेको भन्दै जिल्लाको नेविसंघ नेतृत्व रिक्त रहेको दावी गरिएको छ । २३ जनाले हस्ताक्षर गरेर ज्ञापनपत्र बुझाएका छन् । नेविसंघ केन्द्रीय सदस्यहरुगणेश रिजाल , राजन दाहाल , विजय मल्ल , सुवास कोइराला , सजना पौडेल , विरेन्द्र क्याम्पसका इकाइ सभापति कुमार जोशी , शहिद स्मृति क्याम्पसका सभापति विवेक उदाश , मैयादेवी कन्या कलेज सभापति अस्मिता न्यौपाने, कोषाध्यक्ष रेश्मा कार्की ,शहिद स्मारक कलेज शारदानगरका सभापति दिनेश तामाङ,उमावडी शेरचन आदर्श कलेज दिब्यनगरका सभापति पर्वत सुवेदी, विद्यार्थी नेता प्रवल केसी, कालिका नगरपालिकाका संयोजक अशोक लामा स्याङ्तान , रत्ननगर नगरपालिकाका संयोजक प्रविन थापा , सचिव सफल रिजाल, नेविसंघका नेता प्रकाश श्रेष्ठ , अमृत मिश्र , निराश स्याङ्तान , लक्ष्मि प्रसाद सापकोटा , प्रविण देवकोटा ,आशुतोष यादव , पूर्व सहसचिव किरण क्षेत्रीले हस्ताक्षर गरेर अधिवेशनको माग गरेका छन् ।
के भएको थियो भेलामा ?
नेपाली काँग्रेस चितवनले लामो समयदेखी नेतृत्व विवाद रहेको चितवनको नेविसंघको भेला आयोजना गर्यो । भरतपुरको मैयाँदेवी कन्या कलेजमा आइतवार जिल्लाबाट नेतृत्व गरेका नेविसंघका केन्द्रीय सदस्य , पालिकास्तरका अध्यक्ष , इकाई सभापति सहितकालाई बोलाइयो । त्यसमा पार्टीका पदाधिकारी थिए ।
भेलामा जिल्लाबाट पार्टीका सहसचिव गोपाल दराईले भेला सुरु गर्न लागे । त्यतीकैमा नेविसंघका केन्द्रीय सदस्य गणेश रिजाल उठेर खबरदारी गरे । उनले आपत्ति जनाएपछि अन्य चार जना केन्द्रीय सदस्य उठेर नाराबाजी गरे । उनीहरुले भेलाको बहिस्कार गरे । बैठक नै सुरु गर्न नदिएर नाराबाजी गरेका थिए । नेविसंघ तहसनहस बनाउन लागेको भन्दै चर्को नाराबाजी गरे । त्यसपछि भेला स्थगित भएको एक नेताले बताए । नेविसंघ चितवनको विवाद मिलाउनुको सट्टा झन बढेको छ । नेपाली काँग्रेस चितवनको नेतृत्व विरुद्ध नेविसंघका नेताले विरोध गरेका छन् । पार्टीका उपसभापतिले आफ्ना असहमति राखेको कारण त्यसलाई पूर्व सभापति , केन्द्रीय सदस्य सहित छलफल राखेर समाधानको पहल गर्ने कुरा भएको बताए । ‘ नेविसंघको विवाद भएको सबैमा थाहा छ । त्यसलाई सबै मिलेर समाधान गर्न लाग्ने भन्ने कुरा भएको छ , ’ न्यौपानेले भने ।