सौराहा : गैडाको आक्रमणबाट सौराहाका गाइड घाइते भएका छन । पर्यटकलाई डुलाउन गएका गाइड सुवास रेग्मी बाघमाराको बबताल नजिक आक्रमण गरेको हो । घाइते भएका रेग्मी बेपत्ता छन् । रगत लागेको कपडा र बाइनाकुलर फेला परेको छ । तीन वटा हात्ती , नेपाली सेना र करिब ३० जना मानिसले घटना स्थल वरपर खोज्दा पनि फेला परेका छैनन् । संगै गएका पर्यटकले घटना बारे खबर गरेपछि खोज्न थालिएको हो । ज्यान जोगाउन भागेको हुन सक्ने अनुमान गरिएको छ । डुङ्गाबाट ओर्लेपछि केही पर रगत लागेको कपडा र बाइनाकुलर भेटिएको छ । आज बिहान ९ बजे आक्रमण गरेका हुन ।
Advertisement