चितवन : निमार्ण ब्यवसायी चितवनको नेतृत्व चयनको प्रकृया चलिरहदा नेतृत्वको दावी गर्ने मध्ये पूर्व महासचिव भिष्म अधिकारी बलियो देखिएका छन् । निमार्ण ब्यवसायीको हितमा राजनितिक प्रभाव हुन नहुने तपर्क गरेका भिष्म अध्यक्षमा बलियो दावेदारका रुपमा देखिएका छन् । उनी निमार्ण ब्यवसायीमाझ लोकप्रिय मानिन्छन् ।कार्यसमिति सदस्य र महसचिव भएर काम गरेका अधिकारी निमार्ण ब्यवसायीको आर्थिक र ब्यवसायीक सुरक्षाको लागी योजना सहित अघि बढेका छन् । शेभ इञ्जिनियरिङका संचालक अधिकारी २०७० सालदेखी निमार्ण ब्यवसायीको क्षेत्रमा सक्रिय छन् ।
शुक्रवार अपरान्ह सुरु भएको निर्वाचन प्रकृयामा एउटै समुहको रुपमा चिनिएका दिनेश न्यौ्रपाने र शिव लौडारीको दावी परेपछि अधिकारीको संभावना बढेको हो । न्यौपाने र लौडारी दुवै एमाले निकट हुन् । एमालेबाट दुई उमेदवार भएपछि मिलाउन सकेको छैन । माओवादी निकटका उमेदवार अध्यक्षमा दावी परेको छैन । सहमति गराउने प्रयास भएपनि नेतृत्वमा दावी बढेपछि निर्वाचन हुने सभावना छ ।
संघको अधिवेशन शुक्रवार सुरु भएको हो । मतदाता तीन सय जना छन् । मतदान शनिवार हुनेछ ।